रवि पत्नी निकिताले प्रहरीलाई बुझाइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध उजुरी

भदौ ४, २०७६

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नअघि रेकर्ड गरेको भनिएको भिडियो सार्वजनिक भएपछि अभियुक्त रवि लामिछाने पत्नी निकिता पौडेलले प्रहरीमा उजुरी दिएकी छन् ।

रवि पत्नी निकिताले भिडियो कीर्ते गरेको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी छन् । तर प्रहरीले उजुरी दर्ता नगरेको अभिवक्ता राजेन्द्र सेढाइले बताए ।


ADVERTISEMENT

निकिताले भिडियो कीर्ते गरेको भन्दै जनआस्था साप्तहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लविरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाएकी छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी तयार पारिएको छ । अधिवक्ता सेढाइले प्रहरीले उजुरी दर्ता नगरे सरकारी वकिल कार्यालय वा हुलाकमार्फत् जाहेरी दर्ता गरिने बताए । प्रहरीले भने उजुरीबारे छलफल भइरहेको र छलफलपछि दर्ता गर्ने कि नगर्ने निर्णय हुने जनाएको छ । 

भदौ ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस