साँढेले सिंगले हानेर पछार्‍यो यी व्यक्तिलाई (भिडियो)

भदौ ४, २०७६

काठमाडौं – स्पेनमा एउटा साँढेले एक व्यक्तिलाई सिंगले हानेर भित्तोमा पछारेको छ । 

रातो गेटबाट दौडिँदै आएका दुई साँढे देखेर ती व्यक्ति भाग्छन् अनि अलमलमा परेर एउटा रुखनजिक पुग्छन् । साँढेले उनलाई देख्छ अनि हान्निँदै आएर हिर्काउँछ । सिंगमा उठाइएका व्यक्तिलाई साँढेले भित्तोमा पछार्छ । दर्शकहरू चिच्याउँछन् । 


ADVERTISEMENT

साँढेले त्यसपछि सिंग उज्याएर उक्त व्यक्तिलाई हिर्काउन खोज्छ । अनि अरू मानिसहरूले चिच्याएर साँढेको ध्यान मोड्छन् । 

साँढेको ध्यान भंग भएपछि उक्त व्यक्ति उठ्छ र उसलाई अरू मानिसले उठाएर लग्छन् । 

साँढेको सिंडले उक्त व्यक्तिको नितम्बलाई एक इन्चले मात्र नछोएको देखिन्छ । 

स्पेनको तफाला शहरमा साँढे दौडाउने समारोह आयोजना गरिन्छन् । घटनाको भिडियो सार्वजनिक गरिएको छ ।

एजेन्सी

भदौ ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस