पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भदौ ६, २०७६
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले करोडभन्दा बढी रकम खर्च गरेर सडक सफा गर्नका लागि ब्रूमर किनेको भएपनि हालसम्म प्रयोगमा आउन सकेको छैन ।
फोहोर शहरको रुपमा जनकपुरधाम बदनाम भएपछि सडकमा रहेको धुलो सफा गर्नका लागि गत आर्थिक वर्षमा उपमहानगरले ब्रूमर किनेको थियो ।
उपमहानगरका वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवले १ करोड ३५ लाख ५० हजार रुपैयाँमा ब्रूमर किनिएको बताए । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सदस्य राजेन्द्र महतोले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट जनकपुरधाम उपमहानगरलाई ब्रूमर किन्न १ करोड रुपैयाँ प्रदान गरेका थिए । बाँकी ३४ लाख ५० हजार रुपैयाँ उपमहानगरले आफैं तिरेको थियो ।
ब्रूमर चलाउनका लागि तालिम प्राप्त चालक नभएकाले ब्रूमर सञ्चालनमा आउन नसकेको उपमहानगर कार्यालयका वरिष्ठ इन्जिनियर यादवले बताए । ‘हुन त पहिलेदेखि नै ड्राइभरको कमी छ, त्यसमा पनि भएको ड्राइभरलाई ब्रूमर चलाउन आउँदैन,’ उनले भने, ‘कम्तिमा पनि १ हप्ताजतिको तालिम दिएपछि मात्र भएकै ड्राइभरले पनि ब्रूमर चलाउन सक्छन् ।’
‘अहिले वर्षात्को समय भएकाले पनि तालिम दिइएको छैन । अब जतिसक्दो चाँडो तालिम दिएर ब्रूमर सञ्चालनमा ल्याउने उपमहानगरको सोच रहेको छ,’ उनले भने ।
सडक विभागको मेकानिकल इन्जिनियरलाई बोलाएर स्पेसिफिकेसन तथा इस्टिमेट गराएर ई–बिडिङमार्फत ब्रूमर खरिद गरिएको इन्जिनियर यादवले जानकारी दिए । ब्रूमर खरिद गरेर आपूर्तिकर्ताले आपूर्ति गराएपनि मेकानिकल इन्जिनियरबाट जाँच पास गराएर मात्र ब्रूमरको भुक्तानी गरिएको यादव बताउँछन् ।
उपमहानगरको जिन्सी शाखाका प्रमुख गणेश यादवले सयपत्री नेपाल इन्टरनेसनल प्रालि काठमाडौंले २०७६ जेठ १६ गते ब्रूमर खरिद गरेर आपूर्ति गरेको बताए । २०७६ साउन १५ गते ना८ख ४३९९ नम्बरको ब्रूमर जनकपुर उपमहानगरको कार्यालयमा आएपछि प्रदेश २–०२–००–१ ग ००११ नम्बरको नम्बर प्लेट अनुसार उपमहानगरको नाममा नामसारी समेत भइसकेको जिन्सी प्रमुख यादवले बताए तर ब्रूमरको नम्बर प्लेट हालसम्म पुरानै रहेको छ, परिवर्तन गरिएको छैन ।
ब्रूमरमा छुट्टै पानी ट्यांकर, सडक सफा गर्नेदेखि बालुवा, गिट्टी, ढुंगा, इँटा समेत तान्ने, हावा प्रेसर भएको तथा सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ । सबै कुरा स्वीचमार्फत नै सञ्चालन हुने भएकाले ब्रूमर चलाउन जान्ने चालक नपाइएको उनले बताए ।
बु्रमर किनिएको भएपनि सञ्चालनमा नआउँदा सडकमा रहेको बालुवा तथा धुलो, फोहोर सफा नभएपछि शहरको सडक फोहोरमय नै छ । उपमहानगरका सफाइकर्मीले शहरको सडक सफा गरेर ट्रयाक्टरमार्फत फोहोर उठाउने गरेको भएपनि प्रभावकारी हुन सकेको छैन ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...