वीरगञ्जमा भारतीय नक्कली नोटसहित व्यापारी पक्राउ

भदौ ६, २०७६

काठमाडौं – पर्साको वीरगञ्जमा ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित व्यापारी पक्राउ परेका छन् ।

व्यापारीको साथबाट भारतीय नक्कली रुपैयाँ बरामद भएको र अहिले गनिरहेको अवस्था भएकाले कति पैसा हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले लोकान्तरालई बताए ।


ADVERTISEMENT

उनका अनुसार व्यापारीको नाम पनि खुलेको छैन। ‘अहिले सबै कुरा यकिन भइसकेको छैन । हामी कति परिमाणमा पैसा छ भन्ने कुरा गन्दैछौं,’ उनले भने ।

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस