कुनै समय होटलमा काम गर्थिन् यी बलिउड अभिनेत्री

भदौ ६, २०७६

एजेन्सी- फिल्म 'शुद्ध देसी रोमान्स'बाट करियर शुरूआत गरेकी अभिनेत्री वाणी कपूरसँग अहिले फिल्मको खात नभएपनि बलिउडमा उनको चर्चा भइरहन्छ । उनले बलिउडका अलवा तमिल भाषाका फिल्ममा अभिनय गरिसकेकी छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार वाणीका पिता उनी अभिनेत्री भएको हेर्न चाहँदैनथे । उनका पिता शिव फर्निचरसँग सम्बन्धित काम गर्छन् । आमा डिम्मी कपूर पहिले स्कूल टिचर थिइन् । 


ADVERTISEMENT

वाणीले एक अन्तर्वार्तामा भनेकी थिइन् कि उनले पिता आफू मोडल बन्दा त्यसको विरुद्धमा थिए । तर आमाले भने उनलाई साथ दिइन् ।

उनले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीमा पर्यटनमा स्नातकसम्म अध्ययन गरिन् । त्यसपछि उनले जयपुरको ओबेराय होटल्समा इन्टर्नशिप गरिन् । त्यसपछि उनले आईटीसी होटलमा काम समेत गरिन् । 

होटलमा काम गरेपछि नै हो उनले मोडलिङमा करियर बनाएको । वाणीले हालसम्म तीन वटा मात्र बलिउड फिल्ममा अभिनय गरेकी छन् तर पनि उनको चर्चा कुनै सुपरहिट कलाकारको भन्दा कम छैन । 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस