×

NMB BANK
NIC ASIA

राजस्व चुहावटमा १ करोड ७४ लाख बिगो दाबी गर्दै मुद्दा दायर

भदौ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

Muktinath Bank

विभागले सुन चोरीपैठारी गरेको आरोपमा पेम्बा ढिण्डुप तामाङ, भन्सारमा न्यून मूल्य घोषणा गरी राजस्व छली गर्ने राजेशकुमार अग्रवाल लगायतका ४ जनाविरुद्ध १ करोड ७४ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका अनुसार पेम्बा तामाङले चोरीपैठारी गरेर सुनको कारोबार गरिरहेका थिए । तामाङलाई काठमाडौंको नागढुंगाबाट पक्राउ गरिएको थियो । उनको साथबाट १ किलोग्राम सुन बरामद गरिएको विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सुनको मूल्य ५५ लाख ७३ हजार रुपैयाँ हुन आउने भन्दै विभागले उनीविरुद्ध सो रकम बराबरको बिगो दाबी गर्दै राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन कसूरमा गत मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनी रसुवाको गोसाइकुण्डका हुन् । 

Vianet communication
Laxmi Bank

विभागले भाइटल हेल्थ केयर प्रालिका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलविरुद्ध १ करोड १९ लाख रुपैयाँ बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरूले भन्सारमा सामानको न्यून मूल्य घोषणा गर्दै राजस्व छली गरेको पाइएपछि विभागले मुद्दा दायर गरेको हो । राजस्व चुहावट कसूरमा उनीहरूविरुद्ध १ करोड १९ लाख रुपैयाँ बिगो दाबीसहित सोमवार जिल्ल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजेशकुमार अग्रवाल र सरोज गोयललाई जरिवाना तथा कैद सजायको माग दावी समेत गरिएको छ ।

उनीहरूलाई भन्सार जाँचपास गरेर सघाउने कुमार खरेलको सवारीसाधन जपत गर्न पनि माग गरिएकोे छ । सघाउने खरेल र सवारी चालकलाई उनीहरूका मतियार मानेर राजस्व चुहावट ऐनको दफा २३ को उपदाफा २ अनुसार सजाय माग दाबी गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x