तालिवानको आक्रमणमा तीन प्रहरी मारिए

भदौ ६, २०७६

अफगानिस्तान- अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको  खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिवान लडाकू समूहले गरेको एक आक्रमणमा परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले शुक्रवार पुष्टि गरेका छन् । 

यद्यपि तालिवान लडाकू समूहले गरेको आक्रमणपछि प्रहरीले गरेको जवाफी कारवाहीमा पाँच लडाकू पनि मारिएका छन् । सो आक्रमणमा परी तीन अफगान स्थानीय प्रहरीको मृत्यु भएको जनाइएको छ । 


ADVERTISEMENT

तालिवान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी दुई प्रहरी र आठ तालिवान लडाकू घाइते भएका पनि प्रवक्ताले बताएका छन् ।   

यस युद्धग्रस्त देश अफगानिस्तानमा रहेको ३४ वटा प्रान्तमा २० भन्दा बढीमा तालिवान लडाकू समूहले गत अप्रिलको शुरूबाट द्वन्द्व जारी राखेका छन् ।

गत अप्रिलमा सोही समयबाट तालिबान लडाकू समूहले सुरक्षा अधिकारी र सरकारविरुद्ध भीषण आक्रमण गर्ने घोषणा गरेका थिए । 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस