शालिकरामले अस्मितालाई परिबन्दमा पारेको सनसनीपूर्ण खुलासा, रवि लामिछाने निर्दोष ?

भदौ ७, २०७६

ओेखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । उनी हुन् पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेकी अस्मिता कार्कीकी आमा । ११ साउनमा अस्पताल भर्ना भएदेखि नै कुरुवा बस्दै आएकी अस्मिता पछिल्ला ८ दिनयता अस्पतालसम्म जान पाएकी छैनन् । पाउन् पनि कसरी ? हठात आइपरेको अनौठो परिस्थतिको बन्धनमा परेकी अस्मिता साउन ३० यता जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा छिन् ।
आजको कान्तिपुर दैनिक लेख्छ–अस्मिताबारे गरिएको खोजमा उनी कसरी परिबन्दमा परेकी थिइन् भन्ने मात्रै देखाउँदैन आत्महत्या गरेका शालिकरामले उनलाई कसरी निरन्तर मानसिक यादता दिइरहे भन्ने पनि प्रष्ट पार्छ । कान्तिपुरले यो घटना केलाउन शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुकक म्यासेन्जर र एसएमएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य भेटेको जनाएको छ । जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि लामिछाने र पत्रकार युवराज कँडेलको संलग्नता नरहेको देखाउँछ । 
यता अस्मिता थुनामा परेको यत्रो दिन बितिसक्दा पनि आमालाई यसबारे जानकारी दिइएको छैन । अस्मिताका दाइ जगतले अस्मिता नक्कली मायाको फन्दामा परेर मानसिक यातना खेप्न बाध्य भएको उनको दाबी छ । 
समाचारमा शालिकरामले अनेक दवाव दिएर अस्मितालाई प्रेम जालमा पारेका थिए भने आफू अविबाहित भएको समेत ढाँटेको उल्लेख छ । 


 


ADVERTISEMENT

भदौ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस