पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ ।
निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विक्रम संवत् २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । हाल २२ हेक्टर जमिनमा विद्युतीय ‘पीसीसी मेस’ जाली सहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ ।
सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने ढकालले बताए । सँगै जोडेर वा गैंडा लगायतका जनावरलाई वारपार गर्ने ठाउँ छाडेर कुन तरिकाले गर्दा उपयुक्त हुन्छ सोहीअनुरुप काम गरिने उनले जानकारी दिए ।
प्राविधिकसँग परामर्श गरेर छिट्टै काम शुरू गरिने ढकालको भनाइ थियो । ठाउँ विस्तार गरेपछि संख्या थप गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले ती जनावरलाई सधैं खोरमा राख्न नसकिने भएकाले बथानमा छोड्न संख्या बढाउनुपर्ने बताए । खोरमा हाल ३ बच्चासहित १३ अर्ना र एउटा बाह्रसिङ्गे रहेका छन् ।
सदर चिडियाखानाबाट ३ र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो । तीमध्ये ५ मरेका छन् भने ३ बच्चा जन्मिएका छन् । हाल खोरमा २ भाले र ८ पोथी रहेका छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका ७ बाह्रसिङ्गेमध्ये ३ मरेका र ३ बेपत्ता भएपछि एउटा मात्र खोरमा छ ।
खड्काले खोर विस्तारसँगै थप अर्ना र बाह्रसिङ्गे ल्याइने बताए । २५/३० को हाराहारीमा पुगेपछि खोरबाट बाहिर छोड्दा बच्नसक्ने उनको भनाइ थियो । बाघको आक्रमणबाट बच्न बथानमा यो जनावर हिँड्ने गर्दछ । निकुञ्जले पहिलो चरणमा खोर विस्तार गर्नेछ भने त्यसपछि थप जनावर ल्याउन लागिएको हो ।
खोरभित्र घाँसेमैदान व्यवस्थापन, पानीका पोखरी निर्माण गरिनेछ । सँगै सुरक्षाका लागि निर्माण गरिएको मचान व्यवस्थित गरिने निकुञ्जले जनाएको छ । खोरभित्र अर्ना, बाह्रसिङ्गेसँगै मृग, बदेलजस्ता जनावर पनि रहेका छन् ।
निकुञ्ज सुरक्षार्थ सेना र कर्मचारीले नियमित सुरक्षा र निगरानी गरेर अर्ना र बाह्रसिङ्गे संरक्षण गरिरहेका छन् । २ वर्षअघिको बाढीका कारण अर्ना र बाह्रसिङ्गे मरेका र बेपत्ता भएका थिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...