भारतीय पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन

भदौ ७, २०७६

एजेन्सी-भारतका पूर्वअर्थमन्त्री एवं भाजपाका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । 

शनिवार दिल्लीको एम्स अस्पतालमा १२:०७ मा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  


ADVERTISEMENT

उनी लामो समयदेखि बिरामी थिए । 

६६ वर्षीय जेटलीलाई श्वासप्रश्वासमा समस्या भएपछि अगस्ट ९ मा दिल्लीको एम्स अस्पलतामा भर्ना गरिएको थियो । 

उनी यसअघिको नरेन्द्र मोदी नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । 

भदौ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस