पाँच वर्षमा देशको मुहार फेरिन्छः सञ्चार मन्त्री बास्कोटा

भदौ ७, २०७६

बुटवल । सञ्चार तथा सूचना  प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेकोले पाँच बर्षभित्रमा देशको मुहार फेरिने बताएका छन् । 

देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको बताउँदै उनले पाँच बर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए  । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडि बढेको पनि उनको भनाइ छ। 


ADVERTISEMENT

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गीत प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री बास्कोटाल सरकारले विकास गरेन भनेर भन्ने दुस्प्रचार भैरहेका बताउँदै सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न आग्रह गरे  ।

 उनले अर्को निर्वाचनमा सरकारले गरेका कामको मूल्याकंन जनतालेनै गर्ने बताउँदै कसैले दुस्प्रचार गर्दैमा केही फरक नपर्ने बताए ।  रोपेको धान पाक्न त तीनदेखि चार महिना लाग्ने उल्लेख गर्दै बास्कोटाले सरकारले गरेका काम पनि झ्याप्पै नदेखिने बताए  ।

जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले पनि नगर्ने उनको भनाइ थियो ।

अर्घाखाँचीमा एक वर्षमा फोर जी सेवा विस्तार गर्ने बताउदै उनले नेपालकै सबै भन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकामा ल्यान्ड लाइन सेवा विस्तार गर्ने पनि बताए ।

उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकाले काम गरिरहको पनि सोद क्रममा बताए । 

अर्घाखाँचीमा रहेको २ सय ४५ मेगावाट क्षमताको नौ मुरे जलविद्युत परियोजना सञ्चालनका लागि सरकार लागि रहेको बताउँदै उनले यसबाट अर्घाखाँची सहित देशभरनै विद्युत आपूर्ति हुने बताए  ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नजीर मिया, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, नेकपा जिल्ला सहइन्चार्ज सुशीला श्रीपाली, सचिव ठाकुर कुमार विक, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, पत्रकार महासंघका प्रदेस उपाध्यक्ष भरत केसी लगायतले मन्तब्य राखेका थिए । 
 
 
 

भदौ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस