मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
बुटवल- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मुलुक परिवर्तन पुराना राजनीतिक दलहरूबाट सम्भव नभएको बताएका छन् । उनले पुराना राजनीतिक दलको अपहरणबाट मुक्त नहुँदासम्म मुलुकको विकास नहुने जिकिर गरे ।
आइतवार बिहान बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक मिश्रले भने, ‘पुराना राजनीतिक दलको छाता नत्यागेसम्म मुलुक बन्दैन । त्यसैले अब पुराना गाँजेर राखेको राजनीतिक दल त्याग्नुको विकास सम्भव छैन । पुराना दलको अपहरणबाट मुक्त हुनुहोस् । साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका छ ।’
गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको अभिव्यक्ति आफ्ना कमी/कमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताए । उनले गणतन्त्रमाथि अरू कसैबाट खतरा नभएर दलका नेताहरूको असक्षमताका कारण खतरा उत्पन्न हुन सक्ने विचार व्यक्त गरे । मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’को संज्ञा दिए ।
राजा र राजतन्त्रवादीहरूको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरूका गल्ती/कमजोरी कारण गणतन्त्र खतरामा पर्न सक्ने बताए । पुराना राजनीतिक दलहरूले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै संयोजक मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको दाबी गरे ।
दुई तिहाइ बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने विश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको बताए ।
देशको परिस्थिति गम्भीर भए पनि जनता देशको परिस्थितिप्रति गम्भीर नभएको भन्दै मिश्रले सचेत युवाहरूले देशको परिस्थितिबारे गम्भीर भएर सोच्ने बेला आएको बताए । रवि लामिछानेको समर्थनमा भइरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले मुलुकमा कानूनी राज्यप्रति जनताको अविश्वासको संकेतको रूपमा आफूले लिएको बताए । कसैको विरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार रहेको भन्दै उनले यद्यपि कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई नभएको बताए ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक दलहरूको कमीकमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान थालेको भन्दै त्यो पीडा र आक्रोश कुनै दिन बिस्फोटको रूपमा देखापर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...