यी व्यक्तिको अप्ठ्यारो ठाउँमा मौरीहरू झुम्मिन आए (भिडियो)

भदौ ८, २०७६

काठमाडौं – भारतको नागाल्यान्डमा २५ वर्षीय एक व्यक्ति गराजतिर जाँदै गर्दा नितम्बमा मौरीले घार बनाएका छन् । भेलेल्हु नामक ती व्यक्तिको नितम्बमा रानी माहुरी आइपुगेपछि अरू माहुरी पनि ओइरिएका थिए । 

उनी गाडी चलाएर गइरहँदा माहुरीहरू शरीरको तल्लो भागमा झ्याम्मिन आइपुगेका थिए । 


ADVERTISEMENT

अनौठो भिडियो पाँच दिनअघि खिचिएको हो र त्यसमा माहुरीहरू भेलेल्हुको जीन्स प्यान्टको पछिल्तिर भेला भएका देखिन्छन् । 

उनीहरूकी रानी माहुरी आएका कारण पछ्याउँदै त्यहाँ आइपुगेका हुन् । रानी माहुरीलाई हटाएर एउटा जारमा राखेपछि अरू माहुरी भागेका थिए । 

उनीसँगै गाडीमा रहेका मानिसले भिडियो रेकर्ड गरेका थिए । उनले भने, ‘हामीहरू गराज जाँदै गर्दा रानी माहुरी भेलेल्हुको पछिल्तिर आइपुगिन् । उनलाई पछ्याउँदै अरू माहुरी पनि आइपुगे । केही क्षण संघर्ष गरेपछि उनले रानीलाई समातेर उनको पखेटा अलिकति च्याते । त्यसपछि उनलाई उसले एउटा कन्टेनरमा हाल्यो र अरू पनि सँगै उडे ।’

माहुरी हटाएपछि भेलेल्हुले माहुरी फर्केर नचिलून् भनी आफूलाई कारैमा थुने । 

एजेन्सी

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस