चार सिंहले गरे भैंसीको शिकार

भदौ ८, २०७६

काठमाडौं – तान्जानियाको सेरेन्गेटी राष्ट्रिय निकुञ्जमा तीनवटा भोका सिंहले एउटा भैंसीको शिकार गरेर खाएको तस्वीर सार्वजनिक भएको छ । 

बेलायती फोटोग्राफर निक डेलले अप्रिल महिनाको यसको तस्वीर खिचेका हुन् । 


ADVERTISEMENT

शुरूमा एउटा सिंहले भैंसीलाई पछाडिबाट आक्रमण गरेको अनि दुई सिंह पछि आएर भैंसीमा दाह्रा गाडेको देखिन्छ । 

तीन सिंहले भैंसीलाई भुइँमा लडाएपछि चौथो सिंह पनि खान आइपुगेको देखिन्छ । 

डेलले निकोन डी८१० क्यामराले दुईसय यार्ड परबाट जीपमा बसेर दृश्य खिचेका थिए । यो आफ्नो करीयरको सबभन्दा नाटकीय क्षणमध्ये एक भएको उनको भनाइ छ ।

उनले भने, ‘उत्साह । यसका लागि यही एक शब्द पर्याप्त छ । शिकार गरिरहेको दृश्य निकै दुर्लभ हुन्छ र जीपको यति नजिक यो दृश्य देख्न पाउँदा यसको एउटा क्षण पनि मिस गर्न मन लाग्दैन । चार भाले सिंह शिकारमा संलग्न भएपछि एउटाले भैंसीको घाँटी अनि मुखमा टोकेर मारिदियो । त्यसपछि सिंहले भैंसीको सिनो खाए ।’

एजेन्सी

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस