कर्णालीमा खुल्यो ‘बतास’को डिलर, स्वरोजगारिता बढाउन मन्त्रीको आग्रह

भदौ ८, २०७६

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णालीका दश जिल्लालाई लक्षित गर्दै बतास अर्गनाइजेशनको डिलर सञ्चालनमा आएको छ ।

डिलरको उदघाटन गर्दै उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले स्वरोजगार बढाउन डिलरले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।


ADVERTISEMENT

‘कर्णालीका अधिकांश युवा सीप नसिकेका कारण कालापहाड जान बाध्य छन् ।’ उनले भने, ‘कम्पनीले जति सक्छ कर्णालीका युवालाई नै स्वरोजगार बनाउन सके कर्णालीका केहि युवा आत्मनिर्भर बन्न सक्छन् ।’ उनले भने, ‘सीपमूलक तालिम दिइ युवाहरुलाई परनिर्भरताबाट बचाउन सरकार पनि लागि परेको छ ।

नीजि क्षेत्रले पनि यो अभियानमा सरकारलाई सहयोग गरोस ।’ कम्पनीले रिचर ब्राण्डका बस तथा ट्रकहरु बजारमा ल्याएको हो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले अन्य कम्पनी भन्दा राम्रो सेवा प्रवाह गर्न सुझाव दिए ।

उनले कप्मनीको कर्णाली हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताउँदै कर्णालीका अधिकांश युवालाई सीपमूलक तालिम दिइ स्वरोजगारीतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

बैदेशिक रोजगारबाट फर्केकालाई विना धितो ऋण दिन्छौं कम्पनीका म्यानेजिंग डाइरेक्टर प्रकाश पौडेलले विदेशबाट फर्केका युवालाई विना धितो ऋण दिने बताए ।

‘विदेशबाट सीप सिकेर आएका युवालाई हामीले विना धितो ऋण दिने व्यवस्था गरेका छौं ।’ उनले भने, ‘उहाँहरु आत्मनिर्भर भइसकेपछि मात्रै उक्त ऋण फिर्ता लिने गरी वितरण गर्दै आइरहेका हौं ।’ उनका अनुसार कम्पनीमा अहिले ११ सय जना काम गर्दै आइरहेका छन भने कम्पनीले २ हजार भन्दा बढीलाई स्वरोजगार बनाएको छ ।

२१ औं शाखाको रुपमा सुर्खेतमा खुलेको उक्त कम्पनीले सडकमा रहेका सडक बालबालिका तथा अनाथ बालबालिकालाई तालिम दिने गरिएको जानकारी दिए । ‘हाम्रो कम्पनीले पर्यटन, कृषि, हाइड्रो लगायतका क्षेत्रमा लगानी गरिरहेको छ ।’ पौडेलले भने, ‘३० अर्ब बराबरको आर्थिक कारोबार बार्षिक रुपमा गर्ने गरेका छौं ।’

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस