×

NMB BANK
NIC ASIA

चितवनमा पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाइने, आकासियो खसीबोकाको मूल्य

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन–जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो ।

Muktinath Bank

    प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ । जसका कारण पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    आदेशमा भनिएको छ, “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेको क्षेत्रमा हुल दङ्गा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ ९क० बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।” जसअनुसार वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन ।


Advertisment
Nabil box
Kumari

    यसैगरी, वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको हो ।

Vianet communication
Laxmi Bank

    पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । झडपका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालासहित ११ जना प्रहरी घाइते भएका थिए । सो क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछाने र युवराज कँडेलको आज चितवन जिल्ला अदालतमा बयान हुँदैछ । 

    साउन २० गते पुडासैनीले भिडियोमा कारण रेकर्ड गरेर आत्महत्या गरेका थिए । सोही भिडियोको आधारमा लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

खसीबोकाको मूल्य दशैंमा झनै महँगिने
सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ।  यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ । 
पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । 
आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको छ । प्रतिकिलो ५ सय रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७ सय रुपैयाँसम्म पुगेको खबर आजको कारोबार दैनिकमा छापिएको छ । 

राजश्व छली रोक्न कडा कानूनी व्यवस्था आवश्यक 

    राजश्व छली गर्नेविरुद्ध कडा प्रावधानसहितको कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा  ‘राजश्व चुहावट (अनुसन्धान नियन्त्रण) ऐन २०५२ लाई संशोधन बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसदले फितलो कानून र कानूनी छिद्र खोजेर राजश्व चुहावट हुने गरेको पाइएकाले कडा प्रावधान राख्नुपर्नेमा जोड दिइएका हुन् ।
 
    सो विधेयकको जारी दफावार छलफलमा सहभागी सांसदका अनुसार कानूनमा रहने ‘सम्म, र, देखि वा’जस्ता शब्दको सापट्टी लिएर राजश्व छली गर्नेहरूले छुट पाउँदै आएकाले प्रस्तावित विधेयकमा रहेका त्यस्ता शब्द हटाउनुपर्ने र स्पष्ट कानूनी प्रावधान गरिनुपर्ने धारणा राखेका थिए ।
 
    रवि लामिछाने र युवराज कडेलको आज बयान

    पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएकोमा रवि र युवराजको आज बयान हुने भएको छ । 

    जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान आज १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण  उनीहरूको बयान लिन नसकिएको उनले बताए । 

    जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ । 

सामाजिक सुरक्षा योजनामा आउन आह्वान
 
    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यावहारिक र सहज बनाउँदै कार्यान्वयनका लागि सबैलाई सामाजिक सुरक्षा कोषको दायरामा आउन आह्वान गरेका छन् । 

    सामाजिक सुरक्षा कोषद्वारा आयोजित मन्त्रालय र होटल सङ्घ नेपालबीचको संयुक्त अन्तरक्रियामा उनले बुझाइ र योजनाका हिसाबले सामाजिक सुरक्षा कोष नयाँ भए पनि दीर्घकालीन रूपमा फाइदा पु¥याउने भन्दै कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे । 


    सामाजिक सुरक्षा योजनामा मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत कट्टा गरी (रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट ११ प्रतिशत) रोजगारदाताले कोषले तोकेको बैंक खातामा प्रत्येक महीना सकिएको १५ दिनभित्र जम्मा गरिसक्नु पर्नेछ  । योगदानमा आधारिक सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ अनुसार सामाजिक सुरक्षा कोषले विभिन्न योजनासमेत ल्याएको छ ।  

    नेकपा सचिवालय बैठक 

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने भएको छ । 

    पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर जानुभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठक डाकेका हुन् । 
    प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसी बाँकी विषय टुङ्ग्याउने तय गरेको थियो ।

    नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

    
राष्ट्रिय वनको नाप नक्सा गर्न निर्देशन 

प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालयलाई राष्ट्रिय वनको नाप नक्सा र सीमाङ्कनको अवस्था आगामी छ महीनाभित्र पेश गर्न निर्देशन दिएको छ । 

    समितिको सिहंदरबारमा बसेको बैठकले वन क्षेत्रभित्र रहेका रूख, बुट्यानले ओगटेको क्षेत्रफल, वन क्षेत्रको अतिक्रमणको अवस्था स्थानीय तथा प्रदेश तहगत रूपमा पेश गर्न निर्देशन दिएको हो ।     समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा बसेको बैठकले वन क्षेत्रको संरक्षणका लागि हालसम्म मन्त्रालयले गरेका कामको प्रतिवेदनसमेत पेश गर्न निर्देशन दिएको छ । वन क्षेत्रको यकिन तथ्याङ्कको विवरण यसअघि सन् २०१२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको थियो । 

झुन्डिएको अवस्थामा शव फेला

मध्यपुरथिमि नगरपालिका–७ धुन्चेपाखामा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । करीब २५ वर्षीय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । 

    इञ्जिनीयरिङका विद्यार्थी उनी बिहान अबेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छभने घटनाको सुक्ष्मरूपमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए । 
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x