×

NMB BANK
NIC ASIA

अन्तरिक्षमा अपराधको पहिलो घटना सार्वजनिक

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्षमा अपराध भएको भन्दै त्यसको अनुसन्धान गरिने जनाएको छ । 

Muktinath Bank

अन्तरिक्षयात्री एनी म्याकलेनले अन्तरिक्षमा ६ महिना बस्दा आफ्नी पत्नीको बैंक खाताको जानकारी लिएको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द न्युयोर्क टाइम्समा प्रकाशित खबरअनुसार, म्याकलेन इन्टरनेसनल स्पेस स्टेसनमा ड्युटीमा हुँदा पूर्वपत्नीको बैंक खाताको जानकारी लिएकी थिइन् । नासाको आरोपपछि एनीले कुनै गलत काम नगरेको सफाइ दिइन् । 


Advertisment
Nabil box
Kumari

एनी र उनकी पत्नी समर वार्डनले सन् २०१८ मा पारपाचुकेको निवेदन दिएका छन् । एनीले आरोपको प्रतिकार गर्दै परिवारको फाइनान्सको जानकारी मात्र लिन चाहेको बताइन् । 

Vianet communication
Laxmi Bank

एनीले भनिन्, ‘पारपाचुकेअघि समर र म दुवैजना समरको छोराको स्याहार गर्थ्यौं । समर बच्चाको स्कूल फीस र अन्य आर्थिक आवश्यकताका विषयमा लापरवाह थिइन् त्यसैले आर्थिक जानकारी जुटाएकी हुँ ।’
पूर्व एयरफोर्स इन्टेलिजेन्स अधिकारी वार्डनले संघीय व्यापार आयोगमा गुनासो दर्ता गराएकी हुन् । 

केही दिअघि मात्र आरोपित एनीलाई नासाको अल फिमेल स्पेसवाक कार्यक्रमबाट हटाएको थियो । तर नासाले सफाइ दिँदै आरोपका कारण नभई स्थानको कमीका कारण यसो गरिएको बतायो । एनीका वकिलले अनुसन्धानमा पक्षले पूर्ण सहयोग गरिरहेको बताए । 

इन्टरनेसनल स्पेस सेन्टर पाँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पेस एजेन्सीको संयुक्त इकाइ हो । यहाँ कुनै अन्तरिक्षयात्रीले अपराध गरेमा उसमाथि आफ्नै देशको नियमअनुसार कारवाही गरिन्छ । अन्तर्राष्ट्रिय स्पेसको नियमको पालन पनि अन्तरिक्षयात्रीहरूले गर्नुपर्ने हुन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x