×

NMB BANK
NIC ASIA

केपी ओली विनाको बैठक : प्रचण्डको दायाँतिर झलनाथ, बायाँतिर माधव !

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति विना बसेको छ ।

Muktinath Bank

पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने कार्यसूची रहेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अध्यक्षता गरेका छन् । नेकपाका वरिष्ठ नेता तथा तत्कालीन एमालेको नेतृत्व सम्हालिसकेका पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल प्रचण्डको दायाँबायाँ बसेका छन् ।


Advertisment
Nabil box
Kumari

केही दिनअघि वरिष्ठ नेताको वरीयता संशोधनपछि पहिलो नम्बरमा पुगेका झलनाथ खनाल प्रचण्डको दायाँपट्टि बसेका छन् भने घटुवा गरेर वरिष्ठ नेताको दोस्रो नम्बरमा पुगेका माधवकुमार नेपाललाई प्रचण्डको बायाँपट्टि राखिएको छ । महासचिव विष्णु पौडेल प्रचण्डको ठ्याक्कै सामुन्ने बसेका छन् ।

Vianet communication
Laxmi Bank

बैठकमा अध्यक्ष, २ जना वरिष्ठ नेता र महासचिव छुट्टाछुट्टै कुर्सीमा बसेका छन् भने अन्य नेताहरू सामूहिक सोफामा बसेका छन् । बैठकको शुरूमा पत्रकारलाई तस्वीर खिच्न दिइएको थियो । 

पूर्व एमाले खेमाका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम र उपप्रधानमन्त्री ईश्वर पोखरेल एउटा सोफामा बसेका छन् भने पूर्व माओवादी खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्काे सोफामा बसेका छन् ।

बैठकमा प्रवास कमिटी, महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा छलफल हुने बताइएको छ । गत बिहीवार बसेको सचिवालय बैठकले प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी सुम्पेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x