×

NMB BANK
NIC ASIA

कश्मीरका विषयमा पाकिस्तानी मन्त्रीले दिए भारतलाई कडा चेतावनी

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारत सरकारले जम्मु–कश्मीरको संवैधानिक स्वायत्तता अन्त्य गरेपछि पाकिस्तान सरकारका अधिकारीहरूले लगातार कडा प्रतिक्रिया दिइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेन चौधरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गर्दै भारतले औंला देखाएमा पाकिस्तानले हातै भाँचिदिने र मुक्का देखाएमा चिउँडो फुटाइदिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौधरीले भने, ‘नरेन्द्र मोदी फासीवादी हुन् । दोस्रोपटक जितेर आएपछि उनी बढी नै घमण्डी भएका छन् । तपाईं शान्ति चाहनुहुन्छ भने हामी शान्तिको पक्षमा छौं अनि युद्ध चाहनुहुन्छ भने युद्धका लागि तयार छौं । सबै परिस्थितिका लागि हामी तयार छौं । औंला देखाउनुभयो भने हामी हात भाँच्ने सामर्थ्य राख्छौं । मुक्का उज्याउनुभयो भने तपाईंको चिउँडो भाँच्ने बल हामीसँग छ ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘यतिखेर पाकिस्तानको कूटनीति सही बाटोमा छ । सेप्टेम्बर २७ मा प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्रसंघमा महत्त्वपूर्ण भाषण दिन जाँदै हुनुहुन्छ । हामीसँग इस्लामिक देशहरू छन् । टर्की हामीसँगै छ । तर यूएईले मोदीलाई सम्मान दिएर पाकिस्तानलाई निराश बनाएको छ ।’

Vianet communication
Laxmi Bank

लाहौरमा पत्रकारहरूसँग कुराकानी गर्दै कश्मीर विवादमा अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन र इस्लामिक ब्लकको भूमिकाका बारेमा चौधरीले भने, ‘कुनै मुस्लिम ब्लक छैन । सबै मुस्लिम देश संघर्षमा अल्झिएका छन् । स्थिर देशमध्ये टर्की हामीसँग छ । बाँकी मुस्लिम देशले आफ्नो हितअनुकूल निर्णय लिनेछन् ।’

पाकिस्तानका रेलमन्त्री शेख राशीदले पनि आइतवार कश्मीर मुद्दामा भारतविरुद्ध शाब्दिक आक्रमण गर्दै भारतले पाकिस्तानमाथि आक्रमण गरेमा भारतीय उपमहाद्वीपको मानचित्र परिवर्तन हुने बताए । पाकिस्तान अधीनस्थ कश्मीरको मुजफ्फराबादको सिटी प्रेस क्लबमा राशीद पत्रकारहरूसँग कुराकानी गर्दैथिए । 

पाकिस्तानले कश्मीर मुद्दा संसारभरि उठाउने राशीदको भनाइ छ । पाकिस्तानका परराष्ट्रमन्त्री महमूद कुरैशीले कश्मीरका विषयमा इस्लामिक देशहरूले पनि पाकिस्तानको कुरा बुझ्न थालेको बताए । 

यसबीच पाकिस्तानले कश्मीरका विषयमा श्रीलंकाको समर्थन पाएको दाबी गरे पनि श्रीलंकाले त्यसलाई खण्डन गरेको छ । श्रीलंकास्थित पाकिस्तानी उच्चायोगले कश्मीरको विषयमा मध्यस्थता गर्न सार्कमार्फत श्रीलंकाका राष्ट्रपतिले प्रस्ताव राखेको दाबी गरेका थिए तर श्रीलंकाले त्यसलाई खारेज गरिदिएको छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x