×

NMB BANK
NIC ASIA

भोटेकोशी आयोजनाको सुरुङ निर्माण ७५ प्रतिशत सम्पन्न

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।

भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिए।

चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ को जनवरीमा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम समय लम्बिदै गएपछि अव सन् २०२० डिसेम्बरमा सम्पन्न गर्ने समय निर्धारण गरिएको छ ।

विसं २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र हरेक वर्ष तिब्वत्बाट आउने गरेको भोटेकोशी बाढीले गर्दा निर्धारित समय भन्दा चार वर्ष ढिलाइ हुनगएको बताइएको छ ।

हाल विद्युत् गृहको जग खन्ने काम सम्पन्न भएको छ ।

भोटेकोशी र चाकुखोला दोभान भन्दा १०० मिटर तल निर्माण गरिने बाँधको उचाइ ६ मिटर र लम्बाइ ३४ मिटरको हुनेछ ।

हेडवक्र्सको काम भने वर्षात कम भएपछि मात्र शुरु गरिने कार्यक्रम रहेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तथा सर्वसाधारणको शेयरसहित रु १४ अर्ब ५० करोड लागत रहेको आयोजनाको लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ ।

आयोजनाको ‘सिभिल’ कार्य चिनियाँ वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र ‘इलेक्ट्रिक’को काम अष्ट्रियाको एण्डिज हाइड्रो कम्पनीद्वारा भइरहेको छ ।

सो आयोजनाबाट वार्षिक बिक्री योग्य विद्युत् ५४ करोड २३ लाख युनिट उत्पादन हुनेछ ।

आयोजनाबाट वर्षायाममा ४५ करोड ८६ लाख युनिट तथा सुख्खा याममा आठ करोड ३८ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाको लागि २२० केभिए प्रशारणलाइन बाह्रबिसे सवस्टेशन रहने गरी निर्माण गरिने कार्यक्रम रहेको छ ।

त्यहाँ सवस्टेशन रहेपछि आयोजनास्थलबाट चार किलोमिटर प्रशारण लाईन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने आयोजनाले जनाएको छ ।  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x