×

NMB BANK
NIC ASIA

कृषि र पर्यटनले स्याङ्वासीको विदेशीने क्रम रोकिँदै

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मुस्ताङ– थकाली आँखै अगाडि निलगिरि र धवलागिरि हिमाल, प्रकृतिले कुँदिएका विभिन्न मनोरम छटा । यो देख्दा कसको पो मन प्रफुल्ल हुँदैन होला ।

हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ गाउँ प्रकृति र संस्कृतिमा निकै धनी छ ।

हेरौँहेरौँ लाग्ने हिमाली दृश्यका साथै कालीगण्डकी किनारमा उब्जाइएका खेतीबाली र स्याउका बगैँचा हेर्दै स्याङ गाउँ पुग्ने पर्यटक गुजुमुच्च ढुङ्गा, माटो र काठबाट बनेका प्राचीन घर बस्ती, प्रत्येकका छानामा सजाइएका दाउरा, सफा घर,आँगन र घोडेटो आदिले प्रफुल्लित बन्ने गरेका छन् ।

रोजगारीको खोजीमा युवा विदेशिएका कारण ठाउँ ठाउँका गाउँबस्ती शून्य हुँदै गएको बेला स्थानीय संभावना खोज्दै यहाँका युवा कृषि र पर्यटनका क्रियाकलापमा लागेका छन् ।

हिमाली जिल्लामा नै पहिलो पटक उन्नत जातको गाईपालन शुरु गरिएको गाउँ हो स्याङ् । पाँच वषदेखि यहाँ शुरु गरिएको गाईपालन स्थानीयवासीको राम्रो आयआर्जनको विकल्प बनेको स्थानीय युवा रत्न थकाली बताउँछन्।

यहाँका युवा बाख्रापालनतर्फ पनि आकर्षित भएका छन् । कृषिको व्यवसायीकरणसँगै विगतको निर्वाहमुखी उवा, फापर खेतीलाई छोड्दै स्थानीयवासीले पछिल्ला वर्षमा व्यावसायिक स्याउ, आलु, गाजरसहितका तरकारीखेती गर्न थालेको घरपझोङ गाउँपालिका–३ का वडाध्यक्ष महेन्द्र थकालीले बताए।

“यहाँका युवा व्यावसायिक कृषिसँगै पर्यटनलाई आयआर्जनको रुपमा लिँदै स्वरोगार बन्नेतर्फ लागेका छन्,” उनले भने,“कृषि तथा पर्यटनको आकर्षणले विदेशजाने क्रम विस्तारै रोकिँदैछ, विदेशिएका युवामा पनि यही केही गर्नुपर्छ भन्ने भावना पलाएको छ ।”

कृषिप्रतिको आकर्षणसँगै स्याङलाई मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणा गरिएको स्याङ्फोला सहकारी संस्था लिमिटेडका अध्यक्ष रहनुभएका थकालीले जानकारी दिए ।

सहकारीकै सक्रियतामा स्थानीयवासीले छ वर्षअघि २८ रोपनी क्षेत्रफलमा सामूहिक स्याउखेती लगायका छन् । १६० जना शेयर सदस्य रहेको सहकारीमा स्याङ्वासीका लागि अनिवार्य एक शेयर राख्नुपर्ने व्यवस्था गरिएको छ ।

एक शेयरवापत पाँच हजार रुपैयाँ रहेको सहकारीमा एक व्यक्तिले १० शेयर भन्दा बढी भने राख्न नपाउने व्यवस्था गरिएको छ ।

फलफुल एवं तरकारीजन्य उत्पादन हुने स्याङ सदरमुकाम जोमसोमबाट नजिकै रहेकाले बजारको समस्या छैन ।

गाउँबाटै जोमसोम हुँदै बेनी, बाग्लुङ जाने सडक गएकाले कृषिजन्य उत्पादनलाई बजार पाउन सहज भएको छ । थकाली संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको स्याङ गाउँ घरपझोङ किल्लाबाट छ सय वर्ष पहिला सरेको बस्ती हो ।

घरपझोङ किल्लाको भग्नावशेष अझै छ । उक्त किल्लाबाट राजा ठोकरचेनले शासन चलाउँथे । तत्कालीन समयमा घरपझोङमा पानी अभाव भएपछि यहाँका स्थानीयवासी ठिनी, स्याङ, छैरोलगायतका ठाउँमा गएर बसेको इतिहास छ ।

हाल स्याङमा १४३ घरधुरी छन् । कृषि र पर्यटनमा स्याङका पर्याप्त संभावनालाई दृष्टिगत गरी सरकारले पनि यहाँको विकासलाई प्राथमिकतामा राखेको सांसद प्रेमप्रसाद तुलाचनले बताए।

पर्यटनमैत्री पूर्वाधार विकास गर्न गाउँमा अघिल्लो आर्थिक वर्षदेखि गाउँपालिकाको रु २० लाखको सहयोगमा झोनोघाङ भ्यु पार्क निर्माण शुरु गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए।

पार्क पूर्ण तयार गर्न पाँच लाख बराबरको जनश्रमदानसहित रु ५० लाख लाग्ने अनुमान छ । हिमाली दृश्य अवलोकन गर्न सकिने निर्माणाधीन पार्कबाट मार्फा, छैरो, ठिनी, जोमसोम, ढुम्बा, कुछुप तेरेङा गुम्बा, समले लगायतस्थानका दृश्य देखिन्छ ।

हिमालका काखमा भएको पार्कका कारण पार्क परिसरमा नाउरको प्रतिमा राख्ने तयारी गरिएको छ । पर्यटकको आगमनसँगै हाल दुई वटा होटेल सञ्चालनमा आइसकेको यस गाउँमा यही दशैंदेखि पाँच वटा घरमा घरवास कार्यक्रम सञ्चालनको तयारी भइरहेको वडा सदस्य आइरल थकालीले जानकारी दिए।

उनका अनुसार गाउँ नजिकैको प्राचीन घैलुङ गुफा यहाँको प्राकृतिक गुफा हो । गुफाभित्र तीन कोठा छन् ।

गुफाको संरक्षणका लागि रु सात लाख खर्च गरी व्यवस्थित बनाउने प्रयास गरिएको छ । टसी लाखाङ गुम्बा, धे छिलिङ गुम्बा यहाँका प्राचीन सम्पदा रहेको बताउँदै उनलेयिनीहरू पनि पर्यटकीय विकासका लागि महत्वपूर्ण आधार भएको धारणा राखे।

संस्कृतिक रुपमा यस क्षेत्रको अलग्गै पहिचान रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाको धारणा छ । “यहाँका पर्यटकीय संभावनालाई उजागर गर्दै त्यसको उचित प्रवद्र्धन गरेमा गाउँमा पर्यटकको आगमन बढाउँदै उनीहरूको बसाइँ लम्ब्याउन सकिन्छ ।” स्थानीय तहसँगको सहकार्यमा यहाँको पर्यटन प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले सहयोग गर्ने थपलियाले बताए।  वासुदेव पौडेल/निरज रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x