×

NMB BANK
NIC ASIA

दशगजाका सीमास्तम्भ कता हराए ?

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके– विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरे।

Muktinath Bank

त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन स्तम्भ राखियो । ती पिलर जंगबहादुर राणाको पालामा राखिएकाले जंगेपिलर भनिएको हो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, दुई मुलुकको सीमा छुट्याउन नेपाल–भारतले १०÷१० गज जग्गा दिएका कारण सीमालाई दशगजा भन्ने गरिएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा दशगजामा राखिएका जंगेपिलर हराउँदा र जीर्ण हुँदा पुनःनिर्माण, मर्मत तथा संरक्षणमा नेपाल सरकार उदासीन बन्दै गएको छ ।  

Vianet communication
Laxmi Bank

बाँकेको पूर्व र दक्षिण सीमा भारतसँग जोडिएको छ । पूर्वतर्फ राप्ती नदी र पश्चिम–दक्षिण भारतसँगको सीमा छुट्याउने मानखोला छ । तर, चार वर्षयता राप्ती नदी, मानखोला र बगरमा नेपाल–भारत सीमा छुट्याउन मुश्किल छ । नदी र बगरमा दशगजा देखिँदैन । नेपाल–भारत सीमामा राखिएका जंगेपिलर र सहायक पिलर बाढीले बगाएको छ, जसका कारण सीमा यकिन गर्न मुश्किल भएको हो । 

नरैनापुर गाउँपालिका भगवानपुर हुँदै भारत पसेको राप्ती नदीले ६४३ (१४) नम्बरको सीमास्तम्भ बगाएको छ । उक्त जंगेपिलर स्थानीय बासिन्दाले खोज्ने प्रयास गरे पनि पत्ता लागेन । “गाउँ हुँदै नदी भारततिर बगेको छ, बालुवाको बगर छ, पानी र बालुवामा नेपाल–भारत सीमा यकिन हुन समस्या छ,” स्थानीयवासी राजकुमार मौर्य भन्छन्– “समयमै सीमास्तम्भ पहिचान गरिएन भने भविष्यमा सीमा विवाद हुन सक्छ ।”

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले त्यहाँ निगरानी बढाउँदै आएको स्थानीयवासी बताउँछन् तर, नेपाल सरकार भने सचेत देखिन्न ।

बाँकेका सुरक्षा अधिकारीहरुले त्यसबारे पटकपटक केन्द्र सरकारलाई लिखित जानकारी दिँदै आएका छन् । सीमास्तम्भ खोज्ने प्रयास हालसम्म भएको छैन । “कम्तीमा सरकारले हाम्रो सीमा यहाँ हो भन्न सक्नुपर्छ, नदी, खोला बगेको स्थानमा पनि सीमा स्थापना आवश्यक छ,” मौर्य भन्छन् ।

उक्त स्तम्भ मात्रै होइन, बाँकेको पूर्वी सीमा कटकुइया र पश्चिम मानखोला सीमासम्मका मुख्य पाँच (जंगेपिलर) र सहायक आठ गरी १३ वटा स्तम्भ राप्ती नदी र मानखोलाले बगाएको छ । दुई मुलुकको जिल्लास्तरीय सुरक्षा अधिकारीबीचको ‘काउन्टरपार्ट मिटिङ’मा त्यसबारे छलफल हुने गरेको छ तर, केन्द्रबाट मात्रै सीमाको खोजी, जीर्णको मर्मत हुने निर्णय गर्नुपर्ने भएकाले कार्यान्वयन नभएको हो । 

हराएका सीमा स्तम्भको खोजी भएको छैन भने २५ वटा भन्दा बढी जीर्ण स्तम्भ मर्मत हुन नसकेर नष्ट हुने अवस्थामा पुगेका छन् ।

सीमा सुरक्षाका लागि बाँकेमा खटिएको सशस्त्र प्रहरी ३० नम्बर गणका अधिकारीहरुले त्यसबारे केन्द्रलाई जानकारी गराउँदै आएका छन् । नेपाल–भारत बाँके सीमामा रहेका ६३५(३), ६४३ (१४), ६४४ (१६), ६४५(१७÷१) र ६५७ नम्बरका मुख्य स्तम्भ (जंगेपिलर) हराएका छन् । स्थानीय प्रशासनले नदी र खोलाले बगाएको दाबी गरेको छ । 

त्यसअघि ६३८÷६, ६३९÷१७, ६४३÷१, ६४३÷२, ६४४÷१, ६४४÷२, ६४५÷१ र ६५६÷१ नम्बरका सहायक स्तम्भ पनि हराएका थिए । अहिले ६३६÷४, ६४६÷१९ र ६५५÷३६ नम्बरका मुख्य स्तम्भ र १९ वटा सहायक स्तम्भ मर्मत गर्नुपर्ने अवस्थाका छन् । त्यस्तै, एक मुख्य स्तम्भ र तीन सहायक सीमा स्तम्भको पुनःनिर्माण र १७ स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

बाँकेको सीमामा मुख्य र सहायक गरी ३०७ स्तम्भ छन् । 

मुख्य ३२ स्तम्भमध्ये पाँच राप्ती नदी र मानखोलाले बगाएको हो । कुल २७५ सहायक स्तम्भमध्ये पाँच वटा खोलामा बगेका र तीन वटा हराएका हुन् । नेपालगञ्जको मुख्य नाका जमुनाहा नजीकैका सहायक सीमास्तम्भ पनि हराएका छन् । बाढीमा बगेर वर्षौंदेखि हराएका सीमास्तम्भ खोजीका लागि आवाज उठे पनि सरकारी निकायले खोज्ने प्रयास नगरेको नरैनापुरका स्थानीयवासी पर्शुराम शुक्लाले बताए। 

उनका अनुसार स्थानीय बासिन्दाले हराएका स्तम्भ खोज्ने प्रयास गरे पनि फेला परेका छैनन् । लामो समयदेखि जंगे (मुख्य) र सहायक स्तम्भ खोलाले बगाउँदा, पुनःर्निमाण र मर्मत गर्नुपर्ने भए पनि सरकारले वास्ता गरेको छैन । स्तम्भ पुनःनिर्माण तथा मर्मत दुई देशका अधिकारीको उपस्थिति गर्नुपर्दछ । बाँकेमा लामो समयदेखि साविक ठाउँमा स्तम्भ नहुँदा सरकारले पुनःनिर्माण, मर्मत र संरक्षणमा ध्यान दिन नसकेको बाँकेवासीको गुनासो छ । 

सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले सीमास्तम्भ राख्ने र मर्मत गर्ने अधिकार केन्द्रीय सरकारलाई मात्र रहेको बताउँछन्। सीमास्तम्भबारे दुई मुलुकका सरकारबीच छलफल हुनुपर्छ । त्यसपछि सामूहिक रूपमा अनुगमन गरिन्छ । संयुक्त टोलीले दिएको प्रतिवेदनका आधारमा दुई मुलुकका प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि मात्र मर्मत गरिन्छ ।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारी भन्छन्– “सीमास्तम्भको समस्या समाधान समयमै गर्नुपर्छ । नत्र पछि विवाद हुन सक्छ ।” उनकाअनुसार सीमास्तम्भ मर्मत महङ्गो हुने र लामो प्रक्रिया लाग्ने हुँदा समस्या देखिने गरेको हो । त्यसका लागि दुई मुलुकका नापी प्राविधिक आवश्यक पर्छन् । नेपाल–भारत दुई पक्षको सहमतिमा हराएको स्थानमा नयाँ सीमास्तम्भ र जीर्णको मर्मत गर्न सकिन्छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले काउन्टरपार्ट मिटिङमा त्यसबारे छलफल हुने गरेको जानकारी दिए। “केन्द्र सरकारले पहल थालेको छ, विस्तारै यो समस्या पनि समाधान हुन्छ,” उनले भने– “सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ ।”

यसअघि दुवै मुलुकको सहमतिअनुसार भारतीय पक्षले आफ्नातर्फको जीर्ण सीमास्तम्भ मर्मत गरिसकेको छ तर, नेपाल सरकारको प्राथमिकतामा भने सीमास्तम्भ मर्मत परेको छैन । 

नेपालले बेजोड र भारतले जोड अङ्कको सीमास्तम्भ मर्मत गर्ने सहमति भएको थियो । भारतीय पक्षले बाँकेको सीमामा रहेको ६१८ र बर्दियाको ८२ नम्बरको सीमास्तम्भ मर्मत गरिसकेको छ तर, नेपालले गर्ने भनिएको बाँकेको ५२५, ६२३ र बर्दियाको ९४ नम्बरको सीमास्तम्भ मर्मत हुन सकेको छैन ।

बर्दियामा दुइटा सीमास्तम्भ मात्र मर्मत गर्नुपर्ने भएकाले एक–एक वटा बाँडिएको थियो । अति जीर्ण सीमास्तम्भ मर्मत गर्न स्थानीय प्रशासनले गृह मन्त्रालयमार्फत अनुरोध गर्दै आएको छ तर, केन्द्रले त्यसको कुनै सुनुवाइ गरेको छैन ।

बाँके र बर्दियामा सीमाका तीन वटा मुख्य सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छन् । राप्ती नदीले बगाएर लगेको दुइटा मुख्य स्तम्भबारे दुवै मुलुकका अधिकारीबीच छलफल हुन आवश्यक छ । हराइसकेको स्थानमा नयाँ सीमास्तम्भ राख्दा दुई मुलुकका अधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था छ । 

जीर्ण भइसकेका सीमास्तम्भ मर्मत गर्न भने उपस्थिति अनिवार्य छैन जुन देशको भागमा परेको हो, उसैले मर्मत गरे पुग्छ । नेपालले आफ्नो भागमा परेको पिलर मर्मत नगरेको कारणबारे भारतीय अधिकारीहरूले पटकपटक सोध्ने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।  काशीराम शर्मा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x