प्रधानमन्त्रीको स्वर्गबासको कामना गर्ने अपराधी मनोवृत्तिको संसदमा विरोध

फाइल फोटो
भदौ ९, २०७६

काठमाडौं – सामाजिक सञ्जाल फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आपराधिक तस्वीर र शब्द सार्वजनिक हुन थालेपछि संसदमा विरोध उठेको छ ।

संसद बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त भएको भन्दै चिन्ता व्यक्त गरे 


ADVERTISEMENT

‘सामाजिक सञ्जालमा अराजकता व्याप्त छ । समवेदना हराएको छ । देशको निर्वाचित प्रधानमन्त्रीलाई स्वर्गबासको कामना गर्ने अपराधी मनोवृत्ति देखिएको छ,’ उनले भने, ‘त्यस्ता खेदजनक व्यवहार गर्नेप्रति घोर भर्त्सना र खेद व्यक्त गर्न चाहन्छु । प्रधानमन्त्रीज्यूको सत्आयुको कामना गर्न चाहन्छु ।’

भदौ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस