×

NMB BANK
NIC ASIA

हाजिर नगरी तलब खाँदै कर्मचारी

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हुम्ला–हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब खाँदै आएका छन् । हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझने कामदारले पनि आफूले काम गरेको हाजिरी नगरी घर फर्किँदैनन् । साहुले समेत कामदारलाई भनेकै समयभन्दा बढी काममा लगाउँछन् । तर हुम्लाका स्थानीय तहमा खटिएका कर्मचारी भने स्वयं हाजिर नै नगरी वर्षभरिको तलबभत्ता एकैचोटि बुझेको खुलासा भएको छ । हुम्लाका अधिकांश गाउँपालिकाका कर्मचारीहरु हाजिर नै नगरी तलब खाने गरेका पाइएको छ ।

Muktinath Bank

सर्केगाड गाउँपालिकामा खटिएका नायब सुब्बा कमानसिं धामीले २०७६ साल बैशाख महीनादेखि अहिलेसम्मको हाजिर नगरी सरकारबाट पाउने कर्मचारी सेवा सुविधा लिइसकेका छन् । साविक गा.वि.स. चलाएका नायब सुब्बा धामीको अहिलेसम्म हाजिरी रजिष्टरमा भेटिँदैन । गाउँपालिकामा कर्मचारीसमेत नभेटिने अवस्थामा कार्यालय सहयोगीको भरमा छोडिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाकै कार्यन्वयन पक्षमा जिम्मेवारी लिएका प्रमुख प्रशासकीय अधिकृत योग्यप्रसाद पाण्डेको समेत हाजिरी रजिष्टरमा २०७६ सालकै दुई वटा हाजिरी गर्ने पृष्ठ छ । एउटामा २०७६ साल वैशाखदेखि असारसम्मको हाजिर भेटिएको छ भने रजिष्टरको अर्को पानमा हाजिर वैशाखदेखि अहिलेसम्म हाजिर गरेको छैन । 


Advertisment
Nabil box
Kumari

गाउँपालिकामा १ देखि ८ वडासम्म र गाउँपालिका कार्यलयमा विभिन्न पदमा ४० स्थायी  र ४६ करार कर्मचारी छन् । सदरमुकाम सिमकोटबाट पैदल हिँडेर गाउँपालिका पुग्न दुई दिन लाग्छ । तर अधिकांश कर्मचारी गाउँपालिका र वडामा बस्दैनन् । उनीहरू सदरमुकाम सिमकोट र शहरमा बढी देखिने गरेको दुल्लीका खम्पा थापाले बताए। “हाजिर त परै जाओस् गाउँपालिकाले दिएको जिम्मेवारी पनि वडामा गएर पूरा गर्न सकिरहेका छैनन्, अधिकांश वर्षको दुई महीना मात्रै अनुहार देखाउन गाउँमा आउँछन्”, उनले भने।

Vianet communication
Laxmi Bank

हुम्लाकै साविकको कालिका गाविस निवासी खरिदार मेघनाथ शाहीको वैशाख महीनादेखि अहिलेसम्म गाउँपालिकाले कार्यालयमै राखेको रजिष्टरमा हाजिरी छैन । तर उनलेएकैपटक हाजिर गरी तलब खाँदै गरेको खुलासा भएको छ । गाउँपालिकाका सहलेखापाल हिमाल रोकायाले सदरमुकाम सिमकोटमै सम्पर्क कार्यलय भएकोले कहिले सिमकोट, कहिले प्रदेश र सङ्घमा धाउनुपर्ने बाध्यताले कर्मचारीको नियमित हाजिर नभएको बताए।

गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको पनि आर्थिक २०७६ साल वैशाख महिनामा १७ दिनसम्म हाजिर गरेको देखिन्छ । गाउँपालिककै विभिन्न कामको लागि भन्दै स्वास्थ्य संयोजक धामी काठमाडौँ गए । उनले आफ्नो स्वास्थ्य शाखाको छुट्टै रजिष्टर भएकोले गाउँपालिकाको संयुक्त हाजिरी रजिष्टरमा नगरेको बताए।

आफ्नो शाखाको हाजिरी रजिष्टर सदरमुकाम सिमकोटमै रहेको सम्पर्क कार्यलयमा रहेको उनको भनाइ छ । तर सिमकोटमा हाजिरी रजिष्टर नभई गाउँपालिका कार्यालयमै सबैको एउटै हाजिरी रजिष्टर भएको सहलेखापाल रोकायाले जानकारी दिए।

स्वास्थ्य शाखाका अर्का वरिष्ठ अहेब धनबहादुर बोहराको वैशाख, जेठ र असार १९ गतेसम्म हाजिर गरेको देखिन्छ । नायब सुब्बा रविन्द्र शाहीको पनि २०७६ साल वैशाख महीनामा १० दिन मात्र हाजिर गरेको देखिन्छ । उनले जेठ महीनादेखि हाजिर गर्नुभएको छैन । उनको असारमा जिल्ला मालपोत कार्यलयमा सरुवा भएको छ । 

अधिकांश वडादेखि गाउँपालिकामा कर्मचारी नियमित हाजिर नहुँदा सेवाग्राहीलाई सेवा सुविधा दिन कठिनाइ त्यहाँ कार्यरत अन्य कर्मचारीहरूले बताएका छन् । गाउँपालिका उपाध्यक्ष जोशी धामीले कर्मचारीहरु अनियमित भए कारवाही गर्ने बताए। उनलेअहिलेसम्म कर्मचारी सबै नियमित हाजिर हुने गरेको तर गाउँपालिकाको विभिन्न शाखाको काम भएकोले बाहिर गएको हुनसक्ने बताए। दाने बोहरा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x