समाजवादी विद्यार्थी सङ्गठनको अध्यक्षमा रुपनारायण

भदौ ९, २०७६

 काठमाडौं– तत्कालीन नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमको एकता पछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन हुनुभएका छन् ।

ललितपुरमा सोमबार आयोजित दुई विद्यार्थी सङ्गठन समायोजन कार्यक्रममा सर्वसम्मतिले श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ ।


ADVERTISEMENT

सङ्गठनका वरिष्ठ उपाध्यक्षमा रमेश यादव , उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टङ्क धमला, सञ्जय राई र दीपेश यादव चयन भएका छन् ।

त्यस्तै महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दङ्गाल छानिएका छन्। 

सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजीव गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा  तथा कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका छन्।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेता डा बाबुराम भट्टराईलगायतले नव गठित कार्यसमितिका पदाधिकारीलाई  शुभकामना दिएका थिए । 

भदौ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस