स्पेनको मायोर्कामा हलुका विमान र हेलिकप्टर ठोकिए, ७ जनाको मृत्यु

भदौ ९, २०७६

काठमाडौं – स्पेनको मायोर्कामा ४३औं जन्मदिन मनाइरहेका एक जर्मन चढेको हेलिकप्टर र हलुका विमान ठोकिएपछि मारिएका छन् । 

हेलिकप्टर विलासी होटल ला रिजर्भा रोटाना मानाकोरबाट आइतवार दिउँसो उडेको केही समयपछि नै यो दुर्घटना भएको थियो । 


ADVERTISEMENT

हेलिकप्टरमा उक्त व्यक्तिका परिवारका सदस्यहरू पनि थिए । ९ वर्षका एक बालक र ७ वर्षकी एक बालिका पनि हेलिकप्टरमा थिए । 

परिवारका अन्य सदस्यहरू चाहिँ कार चढेर गन्तव्यतिर गइरहेका थिए किनकि एउटा हेलिकप्टरमा पाँचजना मात्र अटाउँथे भने अर्कोमा पाइलट सहित गरी तीनजना मात्र बस्न सक्थे । 

परिवार आकाशबाट मायोर्का हेर्न चाहन्थ्यो र त्यसपछि क्याम्प द मारमा गएर साथीहरूसँग दिवाभोज गर्न चाहन्थ्यो । 

हलुका विमान र हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो डेढ बजे ठोकिएका थिए । 

मारिने व्यक्ति म्युनिखका व्यापारी अगस्ट इन्सेलकाम्मर भएको बताइएको छ । 

परिवारलाई राखेको हेलिकप्टरका इटालेली पाइलटको नाम सेड्रिक लीयोनी भएको बताइएको छ । 

हलुका विमानमा यात्रा गरिरहेका दुईजना पनि घटनामा मारिएको बताइएको छ । 

घटनामा अन्य व्यक्ति घाइते भएको बताइएको छ । मारिएका अन्य दुईको विवरण प्राप्त भएको छैन । 

एजेन्सी
 

भदौ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस