×

NMB BANK
NIC ASIA

'नेपाल सिक्किम बन्न सक्छ' भन्ने अभिव्यक्तिबारे प्रदीप गिरीले दिए यस्तो स्पष्टीकरण

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपाल सिक्किम बन्न सक्ने भनी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा दिएको अभिव्यक्तिबारे संसदमा बोलेका छन् ।

Muktinath Bank

आफूले समितिमा विश्लेषण नभइ प्रश्न गरेको दाबी गर्दै गिरीले संसदमा समय पाए आफ्नो भनाइको पक्षमा १५ मिनेट तर्क पेश गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कुटनीतिका सिद्धान्त र ज्ञानका आधारमा नभइ किताबमा बढेको आधारमा बोलेको थिए ।


Advertisment
Nabil box
Kumari

सभामुखले कृपा गर्नुभयो भने म यस विषयमा १५ मिनेट लगाएर आफूले भनेको कुराको समर्थनमा तर्क पेश गर्छु,’ प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा गिरीले भने, ‘प्रश्न थियो, विश्लेषण थिएन, जुन प्रकारले सरकार चलाउनु भएको छ, कुटनीतिलाई नबुझि प्रचारसँग मिसाउनुभयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ भनेको थिए ।’

Vianet communication
Laxmi Bank

केही दिनअघि संसदीय समितिमा गिरीले ‘भारतले कश्मीर खाएको छ, सकेको दिनमा उसले नेपाललाई सिक्किम बनाउने छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

गिरीले बलभद्र थापा र अमरसिंह थापाले बन्दुक बोकेको समय नभई कुटनीतिमा आएको डिजिटल क्रान्तिको युगमा वामपन्थी लप्फाजीमा नलाग्न आग्रह गरे ।  

परराष्ट्रन्त्रीको जवाफ तोलेबोली सिकेको बालकको जस्तो !

नेता गिरीले नेपाल–भारत संयुक्त आयोगको बैठक निरर्थक भएको टिप्पणी गरे ।

‘प्रतिनिधि सभाको पछिल्लो बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकको विषयमा हामीलाई जानकारी दिनुभयो । त्यो जानकारी सुनेर गदगद भएर मोहित भएर निस्केपछि साँझपख आयोगको बैठक सम्बन्धमा परराष्ट्रको विज्ञप्ति पढ्न पाए, त्यो २ वटाको निष्कर्ष पढ्दा बैठक निरर्थक भएको लाग्यो । माननीयहरूलाई सम्झना होला कालापानी, लिपुलेक सुस्ताको बारेमा कुरा उठायौ भन्नुभएको छ । १९५९ को सन्धीको पुनरावलकोका लागि सचिव स्तरीय संयन्त्र बनायौ भन्नुभएको थियो । परराष्ट्र मन्त्रालयले छापेको वक्तव्यमा त्यो छैन ।’

नेता गिरीले राजनीतिक समीकरण बदलिएको समयमा पनि परराष्ट्रमन्त्री ज्ञवालीको भनाई तोते बोली सिक्दै गरेको बालकको जस्तै भएको टिप्पणी गरे ।

‘देश बदलिएको छ, सरकार बदलिएको छ, दुईतिहाइको सरकार छ । हिन्दूस्तानको सरकारका त विभिन्न आयाम छन्,’ गिरीले भने, ‘परराष्ट्र मन्त्रीको भनाई २ वर्षको तोते बोलीजस्तै छ, उही शव्द दोहोर्‍याउने क्रममा हात्तीहात्ती भनेजस्तै, सधै लिपुलेक, सुस्ता, कालापानी र १९५० को सन्धीको पुनरावलोकन । पुनरावलोकन गर्न कसले रोकेको छ ? कालापानी भाषण गरेर फिर्ता हुन्छ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x