×

NMB BANK
NIC ASIA

निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनका लागि कानून निर्माणमा जोड

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–आवश्यक कानून समयमै बन्न नसक्दा संविधानले व्यवस्था गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको सरोकारवाला निकायका जानकारहरुले बताएका छन्  ।

Muktinath Bank

प्रजनन स्वास्थ्य अधिकार विषयमा कार्यरत संस्था ‘महिला, कानून र विकास मञ्च’ (एफडब्लुएलडी) र ‘आइपास नेपाल’ले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्रियामा उनीहरुले कानूनी अभावमा महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइपास नेपालका उपदेशीय निर्देशक अविन्द्र मन्डवालले महिला हकअधिकार सवालमा नेपालका कानून निकै प्रगतिशील रहेको धारणा व्यक्त गर्दै यसलाई जनतासम्म पुर्‍याउन र कार्यान्वयन गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए।   


Advertisment
Nabil box
Kumari

एफडब्लुएलडीका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले गर्भवती, सुत्केरी सेवा तथा परिवार नियोजनलाई आधारभूत र निःशुल्करुपमा संविधानले व्यवस्था गरे पनि सोसम्बन्धी नियमावली नबनेका कारण कार्यान्वयनमा समस्या देखिएको बताए। 

Vianet communication
Laxmi Bank

उनले शहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा चिकित्सक र स्वास्थ्यसम्बन्धी प्रविधिको कमीले गर्भवती महिलाको मृत्युदर बढिरहेको जानकारी गराए ।

आइपास नेपालका कार्यक्रम सल्लाहकार माधवी बज्राचार्यले  अस्पतालमा सबै प्रकारका प्रजनन स्वास्थ्य सेवा निःशुल्क गराउने, कानूनविपरीत कार्य गर्नेलाई दण्ड सजायको व्यवस्था गर्नुका साथै सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, परिवार नियोजन, प्रजनन स्वास्थ्यका विषयलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

उनले महिलाको प्रजननसम्बन्धी विषयलाई आत्मनिर्णयको अधिकारका रूपमा स्थापित गर्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। 

कार्यक्रममा सहभागीले सबै तहका सरकारले संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको निःशुल्क स्वास्थ्य सेवालाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका थिए ।

प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको भए पनि यस बारेमा जनचेतनाको कमी रहेको पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x