पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
काठमाडौं – सोमवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ४ जना केन्द्रीय सदस्य थप गर्यो । चारै जना पूर्व माओवादी पृष्ठभूमिका नेताहरू थिए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेको बैठकले चारै जना पूर्व माओवादी पृष्ठभूमिका नेताहरूलाई केन्द्रीय सदस्यमा ल्याउने निर्णय गर्नुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
केन्द्रीय सदस्य हुनेमा पदम राई र किरण राई विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् भने कल्पना धमला र देवेन्द्र पराजुली नयाँशक्तिबाट नेकपामा प्रवेश गरेका हुन् ।
विधानले पार्टी एकता र एकीकरण प्रक्रियालाई अघि बढाउनका लागि केन्द्रीय कमिटी सदस्यहरू थप्ने जिम्मा केन्द्रीय कमिटीलाई नै दिएको छ ।
विधानको धारा ३९ को उपधारा (ग) मा केन्द्रीय कमिटीले एकता र एकीकरण प्रक्रियालाई अघि बढाउन कूल सदस्य संख्याको १० प्रतिशत नबढाइ सदस्यहरू मनोनयन गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ ।
विधानको यो प्रावधानलाई सचिवालयले उल्लंघन गरेको देखिन्छ । सचिवालय बैठकले गरेको निर्णयको ८ नम्बर बुँदामा भनिएको छ, ‘बैठकले पार्टी विधानको धारा २९ (ग) अनुसार विभिन्न समूहहरूबाट पार्टी प्रवेश गर्नुभएका कमरेडहरू देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।’
विधानले यस्तो अधिकार केन्द्रीय कमिटीलाई दिएको देखिन्छ तर सचिवालय बैठकले आफैं निर्णय गरिदियो । प्रस्तावका रूपमा लगेर केन्द्रीय कमिटीबाट निर्णय गराउने भनेको भए कुरा मिल्थ्यो ।
स्थायी कमिटी सदस्य रघुजी पन्तले नेताहरू बैठक बोलाउनै तयार नहुने तर आफूखुशी निर्णय गर्दै जाने परिपाटी राम्रो नभएको टिप्पणी गर्छन् ।
सोमवार मात्रै केन्द्रीय सदस्य भएका नेता पराजुलीले यो प्रस्ताव सचिवालय बैठकमा पहिल्यै पेश भएको दाबी गर्छन् ।
लोकान्तरसँग कुरा गर्दै पराजुलीले भने, ‘प्रचण्ड कमरेडले हामीलाई केन्द्रीय सदस्यमा ल्याउनुभएको होइन । यो प्रस्ताव गत बिहीवारकै बैठकमा पेश भएको थियो । त्यतिबेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच विवाद भएपछि उक्त प्रस्तावमाथि छलफल हुन सकेन । सोमवारको बैठकमा छलफल भएर पारित भएको विषय हो ।’
विधानविपरीत सचिवालयले बैठकले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेकोमा पराजुलीले कुनै टिप्पणी गर्न चाहेनन् ।
अनुशासनका कुरा
सोमवारकै बैठकले पार्टीका सबै सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र ‘अन्तरपार्टी जनवाद’को भरपुर उपभोग गर्न निर्देशित गर्यो ।
पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारवाहीको प्रक्रिया अघि बढाइने पनि निर्णय गरिएको महासचिव विष्णु पौडेलले बताए ।
एकीकरण प्रक्रिया पूरा नहुँदै नेकपाका कतिपय नेता कार्यकर्ताहरूले सार्वजनिक रूपमा आफ्ना नेताका बारेमा कडा टिप्पणी गरेका थिए ।
यीमध्ये एक सूर्य थापा थिए, जसले अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि निशाना लगाएका थिए । यसबाट पार्टी एकता प्रक्रियामै खलल पुगेको भन्दै थापाको आलोचना भएको थियो । थापाको फेसबूक टाइमलाइनमा प्रचण्डमाथिका प्रहारहरू अझ पनि देख्न सकिन्छ ।
नेकपाका सांसद राजेन्द्र गौतमका बारेमा त सचिवालय बैठकमै कुरा उठेको थियो । आफूलाई लान्छना लगाउँदै गौतमले सामाजिक सञ्जाल फेसबूकमा लेखेको स्ट्याटसप्रति आपत्ति जनाउँदै नेता नेपालले उनलाई कारवाही गर्नुपर्ने भन्दै कड्किए ।
पार्टीको नीतिविपरीत बोलेको भन्दै मेटमणि चौधरी, जनार्दन शर्मा लगायत अन्य नेताहरूलाई समेत कारवाही गर्नुपर्ने माग बेलाबेलामा उठिरहेको छ ।
जसको हातमा लाठी, उसको भैंसी !
पार्टीको अनुशासन नमानेको आरोप लागेका एक नेता भन्छन्, ‘हिजोको निर्णय जसको लाठी उसको भैंसी भनेजस्तै हो । नेताहरूले के–के निर्णय गर्छन् यसबारेमा के टिप्पणी गर्नु ?’
आफूहरूलाई बोल्न फोरम नदिने, बैठक नबोलाउने र सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूलाई आधार बनाएर अनुशासनको कारवाही हुन नसक्ने उनले दाबी गरे ।
‘उनीहरूले आफूखुशी निर्णय गर्ने, हाम्रो अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने अधिकार नेताहरूलाई कसले दियो,’ उनी प्रतिप्रश्न गर्छन्, ‘केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्यो । स्थायी कमिटीको बैठक बोलाउने भनेको कहिले हो ?’
नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले नेता तथा कार्यकर्तालाई अनुशासनको डण्डा देखाएर पूर्ण अनुशासन पालना नहुने टिप्पणी गर्छन् ।
‘वास्तवमा नेता कार्यकर्ताले पालना गर्ने अनुशासन डण्डा देखाउँदैमा पालना गर्ने होइन,’ पन्तले भने, ‘वामपन्थी कार्यकर्ताले पालना गर्नुपर्ने अनुशासन भनेको स्वअनुशासन हो ।’
पन्तले यस्ता धेरै काण्ड पहिलाको एमाले र माओवादीमा पनि भएको स्मरण गरे । ‘नेता कार्यकर्ताको मुख थुन्ने होइन कि उनीहरूलाई जिम्मेवार ढंगले आफ्नो कुरा राख्न दिने अवसर पनि दिनुपर्छ,’ उनले भने, ‘बैठक बोलाएर नेता कार्यकर्तालाई औपचारिक रूपमा आफ्नो धारणा राख्ने अवसर दिनुपर्यो ।’
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...