×

NMB BANK
NIC ASIA

तीज गीतमा मौलिकता हराएकै हो त ?

भदौ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– महिलाहरूको महान् चाडको रूपमा लिइने गरेको हरितालिका तीज नजिकिँदै छ । तीज नजिकिएसँगै शहरमा दर खाने कार्यक्रम र महिलाहरूको किनमेलको चलहपहल बढ्दो छ ।

Muktinath Bank

तीजले सांगीतिक बजार पनि गर्माएको छ । तीजको अवसर पारेर गायकगायिकाहरूले गीत निकाल्ने गरेका छन् । यसको शिलशिला यस वर्ष पनि जारी रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीजमा चेलीले आफ्नो बेदना, पीडा र उमंगका कुराहरू माइतमा पोख्छन् र मन हलुका बनाउँछन् । केही दिनका लागि भएपनि पीडा भुलाउने चलन छ ।


Advertisment
Nabil box
Kumari

छोरीले आमालाई भेट्ने र सुखदु:खको कुरा गर्नुमा नै मौलिकता लुकेको हुन्छ । तर पछिल्लो समय तीजको मौलिकतामा गिरावट आएको हो कि भन्ने शंका आममानिसमा पनि पर्दै गएको छ । यसको प्रभाव तीज गीतमा पनि परेको कलाकारहरूकै बुझाइ छ ।

Vianet communication
Laxmi Bank

मौलिकतामा हामी कहाँ चुक्यौं ? आउनुस् पुराना र अहिलेका गीतबीच तुलना गरौं ।

पुराना गायक प्रजापति पराजुलीको तीज गीत ‘जाउ बाबु दिदी लिनलाई’ बोलको गीत सुनौं । यस गीतमा तीजमा दाजुभाइ दिदीबहिनी लिन जाने, कोशेली बोकिदिने यावत् कुरा समावेश छन् ।

अब पुरुषोत्तम न्यौपाने, बिमाकुमारी दुरालगायतले गाएको ‘तीज आयो दिदी लिन’ बोलको गीत सुन्नुस् । यी गीतले तीजको संस्कृतिलाई उजागर गरेको छ । जस्तो हो त्यस्तै भनेको छ ।

अब यसपटकका केही गीत सुन्नुस् । यसमा ‘टिकटक गरम आऊ’, ‘दूधको मुन्टा छुँदा’ देखि ‘ठेल न बूढी’ ठेल जस्ता गीत बजारमा आएका छन् । मौलिकताका नाममा द्विअर्थी शब्दहरू प्रयोग गरेर भ्यूज बढाउने प्रयत्न गरिएको प्रस्ट हुन्छ । यद्यपि 'दूधको मुन्टा छुँदा' भन्ने गीत विवादित भयो र पछि हटाइयो ।

सबै गीत भ्यूजकै लागि बनाइएको र त्यसमा अश्लीलताको गन्ध आएको भने होइन । पशुपति शर्माको ‘हाम्रो कथा’ गीत शर्मिला गुरुङ, देवी घर्ती मगर र बीमाकुमारी दुराले गाएका छन् । यस गीतले मौलिकता बोकेको भन्दै धेरैले प्रतिक्रिया जनाएका छन् । त्यस्तै शर्मिला गुरुङको ‘भाग्य’, टीका सानुको ‘बुहारी’, प्रकाश सपुतको ‘माइत गए पियारी’बोलको गीतले चर्चा पाएका छन् ।

के तीज गीतमा मौलिकता हराएकै हो त भन्ने प्रश्नमा गायिका शर्मिला गुरुङ भन्छिन्, ‘पहिला-पहिला तीजमा चेलीले पाएको वेदनालाई गीतमा बुनिन्थ्यो । तीजमा चेलीलाई दाजु/भाइ लिन आउने तथा घरबाट माइत जान नदिने जस्ता कुराहरू गीतमा समावेश हुन्थे । तर अहिले समय फेरिएको छ, पछिल्लो समाजको ट्रेन्ड जस्तो छ, त्यस्तै गीत आउन थाले । मौलिकता बोकेका गीतहरू खासै आएका छैनन् ।’

गुरुङका अनुसार पछिल्लो पुस्ताले तीज गीतसँगै लोकगीतलाई पनि मौलिकतासँगै लिएर जानुपर्ने बताउँछिन् । लोकगायक गायिकाले नै नेपाली संस्कृतिलाई जगेर्ना गर्नुपर्ने उनको भनाइ छ । 

उनी थप्छिन्, ‘अहिले लोकगीत व्यावसायिक भयो । गुनासो-रोदन र वेदनाका गीतहरू गाउन अहिलेका कलाकारहरूले त्यति धेरै हिम्मत नगरेका हुन् कि भन्ने मलाई लाग्छ ।’

त्यस्तै अर्का गायक नविन पौडेल पनि लोक संगीतबाट नै नेपाली संस्कृतिको पहिचानलाई पछिसम्मलाई जोगाउनु पर्ने बताउँछन् ।

तीज गीतको नाममा अश्लीलता भित्रिएको भन्दै यसलाई नियमन गर्न सरकारको तर्फबाट केही पहल गरिनुपर्ने उनको माग छ । लोक तथा तीज गीत सुन्ने प्रवृत्तिको विकासका लागि सरकारले लोकदोहोरी विकास बोर्ड गठन गर्नुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘अश्लीलता हटाउन सेन्सर प्रणाली लागू गर्नुपर्छ । यसमार्फत गीतहरू फिल्टर हुन्छन् र आमा, दिदीबहिनी तथा भाउजूहरूले सुन्न सक्छन् । भल्गर खाले गीतहरू नियमन गर्नैपर्छ ।’

अघिल्लो एक-दुई वर्षको तीज गीतको ट्रेन्डभन्दा यसवर्ष अश्लीलतामा केही कमी आएको उनीहरूको बुझाइ छ ।

तर माथि चर्चा गरिएका कुरालाई समाजशास्त्री निर्मला ढकाल मान्न तयार छैनन् । गीत भाका भनेको समाज जस्तो छ त्यसैको प्रतिविम्बको रूपमा निस्कने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘हिजो आमा-छोरी, सासु-बुहारी, श्रीमान-श्रीमतीबीचको सम्बन्ध जस्तो थियो, त्यसैको ऐनास्वरूप त्यस्तै खाले गीतहरू निस्कन्थ्यो । अहिले ती सम्बन्धहरूमा परिवर्तन आएको छ भने ती खाले गीत त निस्कँदैन नि !’

तीजका गीतमा अश्लीलता पनि देखिएको छ नि ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘ नयाँ जेनेरेसनले के सोच्छ, कस्तो सोच्छ भन्ने कुरालाई हामीले अश्लीलतासँग जोड्न मिल्दैन । हाम्रो हजुरबुबा हजुरआमाले जे सोच्नुहुन्थ्यो हामीले त्यो कुरा सोच्नुपर्छ भन्ने त छैन नि ! हामीले सोचेका कुरा अरू कसैलाई अश्लीलता लाग्छ भने त्यो त्यो सामान्य हो । त्यसलाई अश्लीलता भनेर मौलिकता खोज्नु न भएन नि !’

पहिला जस्तो यसवर्ष अश्लीलता झल्काउने खालका गीतहरू नआएको गायिका पूर्णकला बिसीको दाबी छ ।

द्विअर्थती र अश्लीलता झल्कने खालका गीतलाई यसवर्ष नियन्त्रण गरिएको उनले बताइन् । ‘अश्लीलता मिसिएको एउटा गीत विवादमा आयो र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले त्यसलाई सच्याउन लगायो,’ बिसीले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x