कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं – एक साताअघि उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमवार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेको विषय अहिले विवादित बनेको छ ।
राष्ट्रपतिबाटै कार्यवाहक प्रधानमन्त्रीका रूपमा नियुक्त भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद्को अध्यक्षता गर्ने कि सिंगापुरबाट प्रधानमन्त्री ओलीले अध्यक्षता गर्ने भन्ने विवाद सतहमा आएको हो ।
सोमवार भिडियो कन्फरेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकबारे विशेषगरी दुईवटा विवाद देखिएका छन् ।
पहिलो विवाद भिडियो कन्फरेन्सको सुरक्षाका सन्दर्भमा उठेको छ भने दोस्रो विवाद मन्त्रिपरिषद् बैठकको कानूनी आधारका विषयमा ।
प्रधानमन्त्री ओलीले सिंगापुरबाट मन्त्रिपरिषद् बैठक सम्पन भएको भन्दै ट्वीट समेत गर्न भ्याए । तर सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषदको बैठक नभई 'हाइ–हेल्लो' मात्र भएको दाबी गरे ।
'क्याबिनेटको बैठक भनेका थिएनौं । मैले बताएको थिएँ कि आज हामीलाई उहाँले हेल्लो भन्नुभयो । हामीले नमस्कार गर्यौं, उहाँले फर्काउनुभयो । यो पहिलो प्रयोग थियो । आवश्यक सल्लाह-सुझाव दिनुभो र काम गर्न निर्देशन पनि दिनुभयो । आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनु भयो । मैले यति नै बताएको थिएँ । यसलाई बेग्लै ढंगले लगियो । सार्वभौमसत्तामाथि नै प्रश्न उठ्यो,' बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बाँस्कोटाले भने ।
बास्कोटाले यसलाई सार्वभौमसत्तासँग नजोड्न आग्रह गरे । 'सार्वभौमिकताका विषयमा प्रश्न उठाइएको छ, त्यो उठाउनु पर्ने विषय होइन,' स्पष्टीकरण दिँदै बाँस्कोटाले भने, 'बैठकको कानूनी हैसियत छ । मन्त्रिपरिषद्ले भिडियो कन्फरेन्स गर्न पाउने कुरालाई बैठकबाट नै स्वीकृत गरेको छ । तर त्यहाँ कुनै एजेण्डा थिएन, यो पहिलो अभ्यास र पहिलो प्रयास थियो । हामीले भविष्यलाई हेरेर यस्तो निर्णय गरेका हौं ।'
एउटै मन्त्रिपरिषद्मा दुई प्रधानमन्त्री ?
बाँस्कोटालाई प्रश्न गर्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले हाइ–हेल्लो मात्र गर्नका लागि मन्त्रिपरिषद् बैठकको कार्यविधि किन संशोधन गरेको भन्दै प्रश्न गरिन् ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले राष्ट्रपति कार्यालयबाट कार्यबाहक प्रधानमन्त्री तोकेको सूचना संसद्मा सुनाइसकिएको स्मरण गर्दै प्रश्न गरे, ‘एउटै क्याबिनेटमा २ जना प्रधानमन्त्री हुन्छन् ?’
नेमकिपाका प्रेम सुवालले कार्यबाहक प्रधानमन्त्री हुँदाहुँदै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक राखिएकोमा प्रश्न गरे, ‘भोलि दिल्लीबाट भिडियो कन्फरेन्स हुने सम्भावना कति छ ?’
जवाफमा मन्त्री बाँस्कोटाले रुसी राष्ट्रपतिले हिँड्दाहिँड्दै जहाजबाट मन्त्रिपरिषद्को बैठक गर्ने गरेको स्मरण गर्दै परीक्षणको रूपमा मन्त्रीबीच भिडियो कुरा गरिएको बताए ।
‘मान्छेको मुटुको अप्रेसन गर्नुभन्दा पहिला बाँदरको मुटुको अप्रेसन गरिएको थियो परीक्षणका लागि, मन्त्रिपरिषद्को बैठक पनि त्यस्तै हो,’ मन्त्री बाँस्कोटाले भने, ‘दिल्लीबाट पनि हुनसक्छ, न्यूयोर्कबाट, बेइजिङबाट पनि हुनसक्छ, सिंगापुरबाट पनि हुनसक्छ । हाम्रा प्रधामन्त्रीले अमेरिकी राष्ट्रपतिसँग पनि कुरा गर्न सक्नुहुन्छ ।’
सत्तापक्षकै नेता 'फायर' !
भिडियो कन्फरेन्सबाट भएको मन्त्रिपरिषद्को बैठक विवादित बन्यो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले सार्वजनिक रूपमा नै बैठकको आलोचना गरेका थिए ।
सुदूरपश्चिम इञ्चार्ज रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणी गरे ।
बुधवार नेकपाको धनगढीमा आयोजित कार्यक्रममा बोल्दै देशमा कुनै किसिमको आपतकालीन स्थिति नभएको भन्दै रावलले यो काम विवादास्पद भएको बताएका थिए । तर सूचना प्रविधि विज्ञका रूपमा प्रधानमन्त्रीको सचिवालयमा रहेका अस्गर अलीले भने भिडियो कन्फरेन्स सुरक्षित रहेको दाबी गरेका थिए ।
‘टेलिप्रिजेन्समार्फत गरिएको ऐतिहासिक मन्त्रिपरिषद् बैठकमा हामीले हाम्रो र प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेका छौं,’ उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘ट्रान्सफर भएको सूचना इन्क्रिप्ट र डीक्रिप्ट हुने भएकाले सूचना पूर्णतः सुरक्षित हुन्छ ।’
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...