के ब्रेकअपपछि इन्डियन आइडलका यी प्रतियोगीसँग डेट गरिरहेकी छिन् नेहा कक्कड ?

भदौ १३, २०७६

एजेन्सी- बलिउड गायिका नेहा कक्कडको अभिनेता हिमांश कोहलीसँग ब्रेकअप भइसकेको छ । दुवै करीब चार वर्ष प्रेमसम्बन्धमा रहे । ब्रेकअप भएपछि नेहा डिप्रेशनको सिकार समेत भइन् । रियालिटी शो र इन्टाग्रामका पोस्टले पनि नेहाको अवस्था देखाएको थियो । तर अहिले नेहाको जिन्दगीमा नयाँ प्रेमीको इन्ट्री भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार नेहा कक्कड इन्डियन आइडलका प्रतियोगी विभोर पाराशरसँग डेट गरिरहेकी छन् । नेहाले इन्डियन आइडल १० का जज गरेकी थिइन् । यसै शोका प्रतियोगी विभोर पाराशरसँग नेहाको नाम जोडिएको छ । 


ADVERTISEMENT

नेहाले इन्डियन आइडलको १० औं संस्करणको प्रतियोगी विभोर र कुशाल पण्डितसँग शहरका केही स्थानमा भ्रमण समेत गरिन् । तर मिडियामा चलिरहेको अफेयरको खबरले विभोर भने निराश छन् ।

बलिउड लाइफसँग कुरा गर्दै विभोरले भने, 'तपाईंले यसलाई अफवाहको रूपमा लिनुपर्छ । मानिसहरूको मानसिकता घटिया  छ । यदि कसैले तपाईंलाई करिअर बनाउन मदत गरिरहेको छ भने उसले तपाईंभित्र ट्यालेन्ट देखेको हुन्छ । मैले इन्टाग्राममा उनलाई दिदी भन्दिनँ, त्यसैले मानिसहरूले सोचिरहेका छन् कि उनी मेरो गर्लफ्रेन्ड हुन् ।'

नेहालाई आफ्नो प्रेरणा बताउँदै विभोरले भने, 'म विभोर पाराशर हुँ तो उनको कारणले हुँ । म उनलाई इज्जत गर्छु । मलाई मानिसहरूले उनकै कारणले चिन्छन् । यसैकारण म अफवाहमाथि बोल्न मन पनि पराउँदिनँ । मेरो दिमाग खराब हुन्छ यी कुराहरू सुनेर ।'

भदौ १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस