मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
काठमाडौं- सानैबाट फूटबलसँग लडीबुडी गरेका राजकुमार घिसिङ (३८)ले गत संस्करणको शहिद स्मारक 'ए' डिभिजन लीगमा सरस्वती युथ क्बलबाट खेले । नेपाली लीगहरूमा सम्मानजनक प्रदर्शन गर्ने गरेका घिसिङलाई सानैदेखि फूटबलमा रुचि थियो । घर सिन्धुपाल्चोक भएपनि उनी राजधानीमै हुर्किए । राजधानीकै साँघुरा गल्लीहरूमा फूटबल के हो बुझ्न पाए ।
उनी पढ्ने स्कूल त्रिपुरेश्वरस्थित विश्व निकेतन । त्रिपुरेश्वर चोकसँगै टाँसिएको छ- दशरथ रंगशाला ।
रंगशालामा फूटबलको माहोल हुने नै भयो । उनी कक्षामा पढिरहँदा उनका खुट्टा भने रंगशालातिर दौडिन खोज्थे । तर खेल्न होइन, हेर्न । त्यतिबेला उनलाई लाग्थ्यो- कतिबेला छुट्टी होला र रंगशाला छिरुम् ।
स्कूल पढ्ने फुच्चेलाई कहाँ सजिलो थियो र रंगशाला छिर्न । तर घिसिङले सिनियर दाइहरूको सहयोग माग्थे र भित्र छिर्थे ।
बाल्यकालतर्फ फर्कँदै उनी भन्छन्, 'अन्तिम घण्टी बज्नेबित्तिकै दौडेर रंगशाला गइहाल्थ्यौं । सानोमा टिकट काट्न मिल्दैनथ्यो । कसैको हात समातेर दाइ मलाई रंगशाला छिराइदिनु भन्थेँ । र भित्र छिरेर गेम हेर्थेँ । त्यतिबेला मेरो उद्देश्य हुन्थ्यो कि जसरी पनि रंगशालाभित्र छिर्ने ।'
रंगशालामा म्याच हेर्न थालेपछि उनलाई पनि लाग्यो- मैले अब जसरी पनि फूटबल खेल्नुपर्छ । त्यसपछि उनको हिम्मत जुट्यो ।
फूटबल खेलेर के गर्छस्?
उनले फूटबलमा भविष्य खोजिरहँदा अहिले जस्तो क्रेज थिएन । फूटबलप्रति अभिभावकहरूको धारणा उति सारो राम्रो नभएको उनको बुझाइ छ । भन्छन्, 'घरबाट बाबु तिमी फूटबल खेल्न जाउ भनेर बूट र बल किनिदिने अवस्था थिएन ।' परिवारले पनि घिसिङको 'फूटबल सपना'लाई राम्रो सपोर्ट गरेन । भन्छन्, ' फूटबल खेलेर के गर्छस् ? बरू पढ्, त्यता नबरालिए हुन्छ । आमाबाले यस्तै भन्नुहुन्थ्यो ।' तर उनी एकोहोरो लागिरहे ।
'फुच्चे'भनेर फर्काए
घिसिङ अग्लो कदका छैनन् । उनको उचाइ अहिले पनि औसत नै छ । त्यतिबेला उनले फूटबलको नियम बुझिसकेका थिए । खेल्न सक्छु भन्ने हिम्मत आइसकेको थियो । १६-१७ वर्षको उमेरमा उनलाई नाम चलेको प्रतियोगिता खेल्ने रहर जाग्यो । त्यो थियो- २०५६ साल चैतको खुकुरी कप । कुमार गुरुङ दाइसँग उनी काठमाडौं क्लबका लागि ट्रायल दिन गए । तर उनले ट्रायल दिन पाएनन् । त्यसको कारण पनि खासै ठूलो छैन । भन्छन्, ' मलाई फुच्चे देखेर पछि ट्राइ गर भाइ भनेर प्रशिक्षक मिगेन्द्र मिश्रले फर्काइदिनुभयो ।'
त्यसपछि उनलाई ब्याइज युनियनका लागि ट्रायल दिन कुमारले नै सहयोग गरे । संघर्षका दिनबारे उनी खुल्छन्, 'कुमार दाइले भोलि हाम्रोमा ट्रायलको लास्ट डेट छ । एकपल्ट ट्राइ मार न भन्नुभयो । अनि म भोलिपल्ट डाइरेक्ट पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा गएँ । त्यहाँ चाहिँ फ्रेन्ड्स् क्लबसँग फ्रेन्ड्ली म्याच राखिएको रहेछ ।'
काठमाडौं क्लबले सानो ठानेको घिसिङले ब्याइज युनियनको तर्फबाट चार गोल हाने ।
त्यसपछि उनी खुकुरी कपका लागि ब्याइज युनियनको तर्फबाट 'ओके' भए ।
फ्रेन्ड्ली म्याचको प्रभावले नै उनी नेपालगञ्जमा खेलिएको खुकुरी कपमा ब्याइज युनियनको सेटमै परे र मिडफिल्डको जिम्मा पाए । त्यहाँ पनि उनले आफ्नो खेल कौशल देखाए । कञ्चनपुरसँगको खेलमा क्लबले पाँच गोल हान्दा घिसिङको नाममा दुई गोल रह्यो । कुनै पनि प्रतियोगिताको डेब्यू खेलमै उनले आफूलाई प्रमाणित गरे ।
त्यो लगत्तै ०५७ सालमा 'ए' डिभिजन लीग शुरू भयो ।
अनि उनले ब्याइज युनियनबाट लीगमा डेब्यू गरे । उनी भन्छन्, 'ब्याइज युनियनका प्रशिक्षक सुनिल तुलाधरले राम्रो खेलेको भनेर टीममा पार्नुभयो ।'
'राष्ट्रिय टीममा नटिक्नु मेरै गल्ती'
घिसिङसँग लीगको मात्रै अनुभव छैन । उनी कुनै बेला राष्ट्रिय टीमका खेलाडी पनि हुन् । उनले दुई पटक अन्डर-१९ को खेल खेलेका छन् । त्यस्तै उनले सिनियर टीमको तर्फबाट पाकिस्तानमा सम्पन्न ९ औं साफ पनि खेलेका छन् । उनका अनुसार नेपालको समूहमा भुटान र श्रीलंका थियो । नेपालले श्रीलंकासँग १-० ले हार्दा भुटानसँग गोलरहित बराबरी खेल्यो । उक्त साफमा नेपालले राम्रो नजिता हात नपारे पनि आफ्नो र विजय गुरुङको प्रदर्शनलाई लिएर मानिसहरूले प्रशंसा गरेको उनी बताउँछन् । भन्छन्, 'मानिसहरूले कलिलो भएपनि राम्रो खेलेको छ भन्थे ।'
तर उनी लामो समयसम्म राष्ट्रिय टीममा भने परेनन् । उनी कारण खुलाउँदै भन्छन्, 'म राष्ट्रिय टीममा नपर्नु मेरै गल्ती हो । न म क्लोज क्याम्पमा गएँ न ट्रेनिङमा नै ।'
किन ?
उनी भन्छन्, 'मैलै अलि चाँडै विवाह गरेँ । परिवारिक कारण थियो । मैले परिवारलाई बढी समय दिनुपर्ने भएकाले फूटबलमा समय दिन सकिनँ ।'
उनले फूटबललाई समय दिन नभ्याउँदा पनि एन्फाका सदस्यहरूले ट्रेनिङका लागि घरसम्मै लिन जाँदा उनलाई निकै खुशी लागेको रहेछ । आफूप्रति त्यतिबेला एन्फाले देखाएको सद्भाव र माया नै ठूलो उपलब्धीको रूपमा लिन्छन् उनी ।
'अझै एक सीजन 'ए' डिभिजन खेल्न मन छ'
०५७ सालबाट 'ए' डिभिजन लीग खेलेका घिसिङलाई व्यावसायिक फूटबलमा दुई दशक पार गर्न मन छ । भन्छन्, 'यत्रो वर्ष फूटबलमा योगदान दिइयो । अब एक वर्ष ए डिभिजन लीग खेलेर फूटबलमा २० वर्ष पूरा गर्न मन छ ।'
अब नयाँ पुस्तालाई फूटबलमा मौका दिनुपर्ने उनको भनाइ छ ।
सँगै खेलेका साथीहरू कोही विदेशमा छन् त कोही आफ्नै व्यवसायमा छन् तर उनी अझै पनि मैदानमै बलसँग भिडिरहेका छन् । उनले अझै पनि खेलेको देखेर पुराना साथीहरूले भन्दा रहेछन्- राजकुमार तँ अझै फूटबल खेलिरहेको छस् ? कति खेल्छस् ?
त्यसैले उनी अब बिस्तारै फूटबलबाट विश्राम लिन चाहन्छन् । तर पूर्ण रूपमा भने होइन । उनी प्रशिक्षण र टीम म्यानेजमेन्टमा फूटबलसँगै हुनेछन् ।
अब उनको एउटै मात्र धोको छ- अर्को सीजन जसरी हुन्छ 'ए' डिभिजन खेल्ने ।
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...