×

NMB BANK
NIC ASIA

रातिको समयमा आएको त्यो फोन जसले बैंक लुट्ने चिनियाँ ह्याकरसम्म पुर्‍यायो

भदौ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गएराति प्रहरी परिसर काठमाडौंमा फोन आयो– दरबारमार्गमा रहेको नबिल बैंकको एटीएममा विदेशी नागरिकजस्ता देखिने ३/४ जना व्यक्ति अस्वभाविक क्रियाकलाप गरिरहेका छन् । फोन प्रभु बैंकका कार्ड डिपार्टमेन्ट प्रमुखले गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

फोन आएपछि प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीलाई खटाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डीएसपी बोगटीको टोलीसँग दरबार मार्ग वृत्तका प्रमुख, स्रोहखुट्टे वृत्त प्रमुख लागयत पनि खटिए । प्रहरी टोली पुग्दा चिनियाँ नागरिक झु लिङझाङ पैसा निकालेर बाहिर निस्किँदै थिए ।


Advertisment
Nabil box
Kumari

उनले हातमै ४५ हजार नेपाली रुपैयाँ बोकेका थिए ।

Vianet communication
Laxmi Bank

पहिला त प्रहरीलाई सामान्य लाग्यो । जब बोगटीले उनको झोला खानतलासी गरे तब शंका उब्जियो ।

उनले दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अस्वभाविक रूपमा प्रभु बैंकको रकम झिकिसकेका रहेछन् ।

प्रहरीले सोधपुछ गर्‍यो, तर उनी खासै बोलेनन् । बोलेको पनि बुझिएन ।

प्रहरीले तत्काल दोभाषे खोज्यो । पर्यटक प्रहरीको सम्पर्कमा रहेका दोभाषेको सहयोगमा उनीसँग कुराकानी भयो । 

तब उनको गिरोहमा अरू पनि रहेको खुल्यो । त्यसपछि प्रहरी उनकै सहयोगमा अरूलाई खोज्न लागिपर्‍यो ।

उनीहरू हात्तीसारस्थित जयनेपाल हलको अपोजिटमा रहेको मायामनोहर बुटिक होटलमा बसेका रहेछन् ।

प्रहरी टोली होटलमा पुग्दा अन्य ४ जना चेकआउट गरी बाहिरिने तयारीमा रहेछन् । उनीहरूलाई लिफ्टबाटै प्रहरीले पक्राउ गर्‍यो ।

चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन पक्राउ परे ।

उनीहरूको साथमा रहेको लगेज चेक गर्दा १ करोड ३६ लाख नेपाली रुपैयाँ फेला पर्‍यो । प्रहरीले विभिन्न बैंकका मेसिनको सहयोगमा पैसा गनेको हो ।

‘पैसा गन्दा र उनीहरूमाथि प्रारम्भिक सोधपुछ गर्दा रातिको २ बजिसकेको थियो,’ प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी बोगटीले भने ।

उक्त होटलको छैटौं तल्लामा बस्ने ५ जनालाई नियन्त्रणमा लिइएको र दोस्रो तल्लामा बस्ने ३ जना फरार रहेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

‘उनीहरू त्यो होटलबाट चेकआउट भएर अन्य होटलमा बस्न जान आँटेका रहेछन्,’ सुवेदीले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ह्याकरहरू ४–४ जनाको दुईवटा समूहमा रहेको खुलेको छ ।

‘उनीहरू विभिन्न ग्रुपमा रहेको देखियो, अहिले ४/४ जनाको २ वटा ग्रुप भएको तथ्य फेला परेको छ, हामी अनुसन्धानमा छौं,’ एसएसपी सुवेदीले थपे ।

उनीहरूलाई परिचालन गर्ने मास्टर माइन्ड भने फरार रहेको आशंका छ । ‘पक्राउ परेकाहरू त मध्यस्तकर्ता र कमिसनमा काम गर्ने भएको प्ररम्भिक अनुसन्धानले देखाउँछ, तर पनि हामीले आईटी इञ्जिनीयर नै हुन् कि भनेर शंकाको घेरामा राखेका छौं,’ उनले भने ।

उनीहरू गत शुक्रबार नेपाल आएका थिए । शनिवार नेपालमा सार्वजनिक बिदाको दिनमा पैसा निकाल्ने र आइतवार क्यासिनोमा मनोरञ्जन गरी सोमवार चीन फर्कने योजना रहेको अनुसन्धानमा खुलेको प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

‘उनीहरू योजनाबद्ध रूपले नेपाल आएका देखियो । २ जना सांघाई एयरपोर्ट र ३ जना ग्याङ्झाउ एयरपोर्टबाट नेपाल भित्रिएको देखिएको छ,’ बोगटीले थपे, ‘उनीहरूले नितान्तै नयाँ टेक्नोलोजी प्रयोग गरको देखिन्छ ।’

उनीहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

पक्राउ परेका चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरीकी डलर, १ हजार १ सय ९१ चिनियाँ युवान, २ सय ५० यूरो, ५ हजार क्याम्बोडीन मुद्रा र ८० हङकङ डलर फेला परेको थियो ।

नकक्ली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १८ थान, कार्ड प्रिन्टर मेसिन १ थान, ल्याप्टप, सामसुङ मोबाइल, र डेटाकार्ड १/१ थान बरामद गरेको थियो ।

उनीहरू होटल मायामनोहर बुटिकका २०१, ६०२ र ६०४ नम्बर कोठामा बसेका थिए ।

कसरी निकालियो पैसा ?

ह्याकरले मालवेयर (डाटा बाइपास गर्ने भाइरस)मार्फत सिधै भिसा कार्डको सिस्टमलाई ह्याक गरेको बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

प्रहरी परिसर काठमाडौंले आइतवार आजयोजना गरेको पत्रकार सम्मेलनमा ढुंगानाले भने, ‘उनीहरूले मलवेयर पद्धतिबाट बैंक र ग्राहकलाई नै थाहा नपाउने गरी एटीएम बुथमा भएको सबै पैसा निकालेका छन् ।’

ढुंगानाले थपे, ‘उनीहरूले सिधै बैंकको पैसा झिकेका छन्, निक्षेपकर्तालाई असर गरेको छैन ।’

निक्षेपकर्ताको पैसा सुरक्षित

चिनियाँ ह्याकरहरूले लुटेको बैंकको पैसा निक्षेपकर्ताको नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले निक्षेपकर्ताको पैसा नलुटिएको लोकान्तरलाई जानकारी दिए । 

लुटिएको पैसा बैंकको नै भएको जानकारी दिँदै उनले भने, ‘निक्षेपकर्ताका खाता सुरक्षित छन्, चिन्ता लिनुपर्दैन,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाले आफूलाई सुरक्षित गर्नेतर्फ लाग्नुपर्ने बताउँदै प्रवक्ता निरौलाले प्रविधिमा सुरक्षा अपनाउनुपर्नेमा जोड दिए । ‘बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमा अधिकतम लगानी गर्नुपर्छ,’ उनले भने ।

सिस्टमलाई अपग्रेड गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x