कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सुर्खेत- कर्णाली प्रदेश सरकारले सम्भाव्यता हेरेर मात्रै चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट दिने योजना बनाएको छ ।
गत आर्थिक वर्षमा कामै सम्पन्न नभई भ्रष्टाचार भएको समाचारहरु आइरहँदा यसबाट बच्न र कर्णालीलाई भ्रष्टाचार मुक्त र विकसित बनाउन यस्तो गर्न लागिएको मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री महेन्द्रबहादुर शाहीले लोकान्तरलाई जानकारी दिए ।
‘गत आर्थिक वर्षको बजेट बालुवामा पानी खन्याए जस्तो भएको खबर आइरहेको छ,' उनले भने, ‘अब यो वर्षको बजेट कार्यान्वयन गर्नुपूर्व नै त्यहाँको भौगोलिक अवस्थाबारे पूर्व जानकारी लिने तयारीमा सरकार छ । यसबाट गलत स्थानमा बजेट नपर्ने सरकारको विश्वास छ ।’
मुख्यमन्त्री शाहीले गुगल अर्थको सहायतामा सबै भन्दा पहिले त्यहाँ सिंचाई या सडक वा अन्य कुनै आयोजना बनाउन सकिन्छ कि सकिदैन सुरुवातमा नै यही मन्त्रालयबाट हेर्ने बताए ।
‘अब बजेट कार्यान्वयनमा जानुपूर्व सबै सचिव, इन्जिनियरलाई राखेर वितरण गरिएका आयोजनाका बारेमा गुगल अर्थबाट हेरेरै भएपनि सुरुवाती जाँच गर्न लगाउनेछौं,’ उनले भने, ‘त्यसरी हेर्दा आयोजना बनाउँदा कति जमिनमा सिंचाई गर्न पानी पुग्छ, कति अनुमानित लागत हुन्छ । कति किलोमिटर सडक बनाउन सकिन्छ वा कहाँ पानी लिफ्टिङ गर्न सकिन्छ भन्ने सुरुवाती तथ्यांक संकलन गरिनेछ ।’
‘अनि अनुमानित स्टिमेट बनाएर इन्जिनियर डिपीआर बनाउन गाउँ जानेछन्,' शाहीको भनाइ छ । मुख्यमन्त्री शाहीले त्यस्तो गर्न सके मात्र कर्णालीमा बजेटको दुरुपयोग हुने सम्भावना कम हुने बताए ।
‘जब आयोजना बनाउन उपयुक्त छ भन्ने निर्क्यौल भएपछि मात्रै डिपीआर बनाइने छ,' उनले भने, ‘त्यसपछि बजेट कम भए थप्ने र बढी भए घटाउने र आयोजना सम्पन्न गरिनेछ ।’
उनले विकास निर्माण व्यक्तिका मुहार हेरेर गर्न नसकिने बताए । ‘विगतमा केहि आयोजनामा व्यक्तिको मुख हेरेर, मत हेरेर आयोजना छनौट गरिए तर कार्यान्वयनमा धेरै समस्या आयो,' उनले भने, ‘एकातिर राज्यको पैसा दुरुपयोग भयो भने अर्कातिर जनताले विकास निर्माणको अनुभव गर्न पाएनन् । केही टाठाबाठाले मात्रै बजेट हात पारे ।’
उनले त्यो प्रचलन हटाउन डिजीटल प्रविधिको प्रयोग गर्नैपर्ने बताए । ‘दुरुपयोग हटाउन अब हामी डिजटिल सर्भे गर्ने र अनिमात्र आयोजनालाई बजेट दिन्छौं,' उनले भने, ‘अनिमात्र जनताले विकास भएको हेर्न पाउनेछन् ।’
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...