मुक्तिनाथ विकास बैंकमा ई–सेवामार्फत खाता खोल्न सकिने

भदौ १९, २०७६

काठमाडौं – मुक्तिनाथ विकास बैंक र ई–सेवाबीच बैंकको खाता ई–सेवामार्फत खोल्न मिल्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट/प्रतिनिधिमार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिने छ ।


ADVERTISEMENT

यसअन्तर्गत खोलिएका सबै बचत खातामा पहिलो वर्षको लागि मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुनेछ ।

सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनुपर्ने अवस्था अन्त्य भएको छ । सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ तथा ई–सेवाको तर्फबाट ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरे । 

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ अभियान सञ्चालन गरेको छ ।

विकास बैंक लिमिटेडले देशैभर रहेका शाखाबाट आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभर भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन बरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

भदौ १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस