किशोरीलाई एसिड प्रहार गर्नेे १ जना पक्राउ

भदौ २०, २०७६

काठमाडौं– एसिड प्रहार गरेको अभियोगमा १ जना पक्राउ परेका छन ।

वीरगंज महानगरपालिका–३ बस्ने १५ वर्षीय किशोरीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने सम्साद मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

वीरगंज महानगरपालिका–६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका–२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत ती किशोरीलाई एसिड प्रहार गरी घाइते बनाई फरार भएका थिए ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले एसिड प्रहार गर्नेमध्ये सम्साद मियालाई पक्राउ गरेको थियो ।

एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

 

भदौ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस