सर्वोच्चको आदेशपछि भोलि हुने भनिएको एमबीबीएस प्रवेश परीक्षा स्थगित

भदौ २०, २०७६

काठमाडौं – सर्वोच्चको आदेशपछि भोलिका लागि तय भएको एमबीबीएस तयारी परीक्षा स्थगित हुने भएको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन जगदिशप्रसाद अग्रवालले परीक्षा स्थगित हुने पुष्टि गरे ।


ADVERTISEMENT

सर्वोच्चको आदेशपछि अब परीक्षा के हुन्छ भन्ने प्रश्नमा प्रतिप्रश्न गर्दै अग्रवालले लोकान्तरसँग भने, 'आदेश आएपछि के हुन्छ ? रोकिन्छ ।'

अब परीक्षा कहिले गर्ने भनेर अदालतले नै भन्ने उनको भनाइ छ ।

यसअघि आजै सर्वोच्च अदालतले त्रिविले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यससम्बन्धमा छलफल गर्न यही भदौ २५ गते रिट निवेदक र विश्वविद्यालय दुवैलाई बोलाएको छ ।

चिकित्सा शिक्षा आयोग ऐन जारी भइसकेको अवस्थामा विश्वविद्यालयहरूले आफूखुसी प्रवेश परीक्षा लिन लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

भदौ २०, २०७६ मा प्रकाशित

अनुपम भट्टराई

भट्टराई लोकान्तर डटकमका मल्टिमिडिया संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस