काठमाडौंमा २ वटा पेस्तोलसहित ७ पक्राउ

भदौ २१, २०७६

काठमाडौं – नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २ वटा पेस्तोल लिएर हिँडिरहेका अवस्थामा शनिवार दिउँसो पक्राउ गरेको हो । 


ADVERTISEMENT

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले ७ व्यक्तिलाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए ।

‘गुण्डागर्दीमा संलग्न रहेका उनीहरू पेस्तोल र गोलीसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएका हौं,’ उनले भने । 

पक्राउ विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

भदौ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस