×

NMB BANK
NIC ASIA

पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति निम्त्याउँछ : विनोद चौधरी

भदौ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं प्रतिष्ठित उद्यमी विनोद चौधरीले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति र नयाँ सामाजिक चुनौती निम्त्याउने बताएका छन् ।

Muktinath Bank

उनले विकास खर्च र साधारण खर्चको अनुपातमा पुनरावलोकन गर्न पनि आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद चौधरीले निर्यात घट्दै गएको भन्दै व्यापार घाटा कम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउने कुरा आएका छन्, यो हल्ला मात्र होला त्यसमै सीमित होस्, पैतृक सम्पत्तिमा कर लगाउने कुराले गम्भीर विकृति जन्माउने निश्चित छ । यसले नयाँ सामाजिक चुनौती निम्त्याउने निश्चित छ,’ चौधरीले भने । 

Vianet communication
Laxmi Bank

सांसद चौधरीले भएका उद्योग धरासायी हुनेगरी कर नलगाउन समेत सरकरको ध्यानाकर्षण गराए । ‘धान्नै नसक्ने कर निर्धारण गर्दा निर्यात घट्नेतर्फ सरकारले सोचोस् । विकास र साधारण खर्चको अनुपातमा पुनरावलोकन गरोस् । ७५३ सरकारलाई डोजर र गाडी किन्ने नाममा कर थोपर्दा उद्योग व्यापार धरासायी नहुन्’, चौधरीले भने । 

चौधरीले सातवटै क्षेत्रमा औद्योगित क्षेत्रमा खोल्ने कुरा भाषणमै सीमित भएको टिप्पणी गरे ।

‘सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने कुरा उद्घोषमै सीमित भए । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रमा एउटा मात्र उद्योग खुलेको सुनिएको छ । भएका पूर्वाधारमा लगानीको वातावरण भएको भए उद्योग स्थापनाका लाइन लाग्थे’, उनले भने ।  

पाँच वर्षको आँकडा हेर्दा निर्यात निश्चित रकमले घट्दो रहेको भन्दै कृषिजन्य वस्तुलाई प्रतिष्पर्धी बनाउन राज्यले खर्च गर्नुपर्ने चाैधरीले बताए ।

हेर्नुहोस भिडियो

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x