जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
चीनका परराष्ट्रमन्त्री वाङ् ई नेपालको संक्षिप्त भ्रमणमा छन् । उनी पाकिस्तानको बाटो काठमाडौं ओर्लेका छन् । केही दिनअघि भारतका परराष्ट्रमन्त्री एस्. जयशंकर बंगलादेशको बाटो हाम्रो राजधानी आइपुगेका थिए । नेपाल आउनुअघि तिनले ती देशमा गरेका कूटनीतिक वार्ताको प्रासङ्गिकता यहाँका संवादमा पर्ने अनुमान सहजै गर्न सकिन्छ । कूटनीतिमा माध्यम पनि सन्देश हुने गर्दछ ।
यतिखेर भारत कश्मीरको कारणले विश्व-समुदायबीच चर्चित छ भने चीन हङ्कङ् घटनाको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रेसको शीर्षक भइरहेको अवस्था छ । मानव अधिकारको आवाज उठाउने (विशेषगरेर पश्चिमा)हरूले अहिले यी दुबै देशलाई अप्ठ्यारोमा पार्ने जमर्को गरिरहेका छन् ।
छिमेकी देशका परराष्ट्रमन्त्रीहरूको आगमन हुँदा शीर्ष तहमा शिष्टाचार भेटवार्ताको एउटा सिलसिला चलेको हुन्छ भने समकक्षीहरूको नेतृत्वमा हुने औपचारिक वार्ताको छुट्टै र विशिष्ट महत्व हुनेगर्छ । पदाधिकारीहरू फेरिंदै जाँदा पनि मुलुक-मुलुक बीचको सम्बन्धको आधार खल्बलिन पाउँदैन; दिइँदैन । त्यसैले चरण-चरणमा हुने वार्ताको संस्थागत अभिलेख रहे-नरहेका कुरा सार्वजनिक समय-समयमा चासोका विषय हुने गरेका छन् ।
वाङ् ई को वर्तमान यात्रालाई राष्ट्रपति सी चिनफिङ्को सम्भाव्य नेपाल-भ्रमणको परिप्रेक्ष्यमा मात्र हेर्नु पर्याप्त हुँदैन यद्यपि चीनको सर्वोच्च तहबाट प्रकट हुने सद्भाव नै पनि नेपालको लागि उल्लेख्य उपलब्धि हुनेछ । वाह्य सम्बन्धका आयामलाई सन्तुलित राख्न सघाउ पुग्नेछ । किनभने अस्थिर राजनीतिक परिवेशमा अल्झिएको अवस्थाको नेपालले दीर्घकालीन आर्थिक उन्नतिका लागि सहायक हुने योजना, परियोजनाका विश्वसनीय पृष्ठभूमि तयार पार्न सक्ने स्थिति छैन । बीआरआई सम्बन्धी चीनको पहलप्रतिको सरकारको सतही अभिरुचिलाई यस कोणबाट पनि हेर्न सकिन्छ ।
दक्षिण एसियामा व्याप्त तनाउ घटाउने सन्दर्भमा पनि चीनका परराष्ट्रमन्त्रीले नेपाली समकक्षीसँग कुराकानी गर्ने अनुमान गर्न सकिन्छ । पाकिस्तान र भारत बीचको खिचातानीले सार्कक्षेत्र प्रभावित छ । हाल नेपाल सार्कको अध्यक्ष रहेको हुँदा पर्यवेक्षक-देश चीनले यसबारे विचार-विमर्श गर्नु अनौठो कुरा होइन । अर्को, सार्ककै सदस्य-राष्ट्र अफगानिस्तानमा विदेशी (अमेरिकी र अन्य पश्चिमा देश) सैनिकहरू तैनाथ छन् । तिनको उपस्थितिबाट एसियाको यस भूखण्डमा शान्ति र स्थायित्वको लागि सघाउ पुगेको देखिँदैन ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबारे लिएको नवीनतम् अडानले स्थितिलाई थप जटिल बनाएको तथ्य निर्विवाद छ । यस्तो बेला अमेरिका जस्तै सुरक्षा परिषद्को स्थायी सदस्य भएको चीनका परराष्ट्रमन्त्रीले यसबारे नेपालको धारणा जान्न इच्छुक हुनु पनि स्वाभाविक हुन आउँछ । स्मरणीय छ, राष्ट्रसंघको वार्षिक अधिवेशन आगामी साता न्यूयोर्कमा आरम्भ पनि हुँदैछ जहाँ विश्वका जल्दाबल्दा चुनौतीबारे सदस्य-राष्ट्रका दृष्टिकोण प्रस्तुत हुनेछन् ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...