भद्रगोलबाट बाहिरिएका जिग्री-पाँडेको नयाँ टेलिसिरियल आउँदै, नाम अझै खुलाइएन

भदौ २२, २०७६

काठमाडौं- मिडिया हबसँगको विवादपछि 'भद्रगोल'बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । 

अर्जुन घिमिरे 'पाँडे', कुमार कट्टेल 'जिग्री', सागर लम्साल 'बले', हरि निरौला 'कक्रोज', मधुसुदन पाठक 'सीते बा'लगायतका २१ जना कलकारहरू अब पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् । 


ADVERTISEMENT

आइतवार अर्जुन घिमिरेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, 'हजुरहरूले हामीप्रति देखाउनुभएको माया, सद्भाव र सहानुभूतिप्रति कृतज्ञ छौं । हामी आउँदै छौं । केही हप्ता प्रतिक्षा गर्नु होला !!'

असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवार उक्त टेलिसिरियल हेर्न पाइने घिमिरेले बताएका छन् । तर सिरियलको नाम भने खुलाइएको छैन । 

भदौ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस