सुर्खेतमा बढे जर्बजस्ती करणीका घटना

प्रतीकात्मक तस्वीर
भदौ २२, २०७६

सुर्खेत - कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जर्बजस्ती करणीका मुद्धा बढिरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रवि रावलका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को असार १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ६१ वटा मुद्दा आएका छन् ।

तर आर्थिक वर्ष २०७३/०७४ मा २६ तथा आर्थिक वर्ष २०७४/०७५ मा २३ वटा जबर्जस्ती करणीका मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।


ADVERTISEMENT

जिल्लामा बहुविवाह गर्ने क्रममा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा १६ वटा बहुविवाहका मुद्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आएकोमा अर्को आर्थिक वर्ष २०७४/०७५मा २० पुग्दै गत आर्थिक वर्ष २०७५/०७६मा ४१ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्ष बालविवाह मुद्दामा ७ वटा, आर्थिक वर्ष २०७३/०७४ मा अपहरण तथा शरिर बन्धक मुद्दामा एक जना तथा आर्थिक वर्ष २०७५/०७६ मा ४ वटा मुद्दा दर्ता भएका छन् ।  गत आर्थिक वर्षमा एक जना नवजात शिशु जन्माइ फालेको र बोक्सीको आरोपमा एक मुद्दा दर्ता भएको थियो ।

किन बढे त जर्बजस्ती करणीका घटना?

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले जनचेतनामा आएको बढावका कारण बढी मुद्दा आएको बताए ।

‘गतवर्ष हामीले ७ हजार ५ सय वटा जनचेतनामूलक कार्यक्रम गरेका छौं,' उनले भने, ‘क्राइम एक्सन प्लान राम्रोसँग कार्यान्वयन भएको छ ।’

उनले गतवर्ष जति मुद्दा आएपनि मिलाउने काम नभएका कारण पनि मुद्दाको संख्या बढेको बताए । ‘हामी सबै मिलेर गरेको जनचेतनामूलक कार्यक्रमलाई यो वर्ष पनि निरन्तर दिनुपर्छ,' उनले भने, ‘घटना घट्नसक्ने स्थानमा प्रहरी परिचालन गर्ने गरेको खण्डमा यस्ता घटना न्यूनिकरण हुन्छन् ।

 

भदौ २२, २०७६ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस