नाडालले जीते १९औं ग्रान्डस्लामको उपाधि

भदौ २३, २०७६

काठमाडौं– स्पेनिस टेनिस स्टार राफायल नाडालले करिअरको १९औं ग्रान्डस्लामको उपाधि जितेका छन्। नाडालले आइतबार विहान सकिएको युएस ओपन टेनिसको पुरुष एकलको उपाधि जितेका हुन्।

उनले रसियाका डानिल मेडभेडेभलाई ३–२ को सेटमा पराजित गरेका हुन्।


ADVERTISEMENT

३३ वर्षीय नाडालले सुरुवाती २ सेट जिते पनि त्यसपछिका २ सेट गुमाएका थिए। तर पाँचौ सेटमा विजयी भएपछि नाडालले सनसनीपूर्ण जित हात पारेका हुन्।

दोस्रो वरीयताका नाडालले पहिले सेट ७–५ र दोस्रो सेट ६–३ ले जिते। तर तेस्रो सेटमा पाँचौ वरीयताका डानिल ७–५ ले विजयी हुँदा चौथो सेटमा ६–४ को जित निकालेर खेललाई बराबरीमा ल्याए।

पाँचौ सेटमा नाडाल ६–४ ले वियजी भए। रोमाञ्चक फाइनल खेल ४ घन्टा ५१ मिनेट चलेको थियो।

 

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस