कात्तिक १९, २०८०
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
कृष्ण काफ्ले साथीहरूसँग बसेर टेलिभिजन हेर्दा भन्थे, 'ओई हेर् त म टीभीमा देखिएँ ।' तर यसो भन्दै गर्दा उनको रोल भने सक्किसकेको हुन्थ्यो । 'तितो सत्य'मा काफ्लेको निकै छोटो भूमिका हुने गर्थ्यो । कलाकार निर्मल शर्मासँग चिनजानका कारण उनी कुनै समूह वा हुलहुज्जतमा तितो सत्यको पर्दामा छिस्स देखिन्थे ।
काफ्ले ७-८ पढ्दाताका नवलपरासीबाट काठमाडौं आउजाउ गरिरहन्थे । उनलाई काठमाडौंमै बसेर पढ्ने रहर थियो । यसैबीच एकदिन निर्मल शर्मालाई उनले भनेछन्- 'दाइ तितो सत्यमा धेरै जना देखिनुहुन्छ, मिल्छ भने म पनि खेल्छु ।' त्यसपछि उनी तितो सत्यका केही भागहरूमा देखिए ।
स्याङ्जामा जन्मिएर नवलपरासी बसोबास गर्ने कृष्ण काफ्ले 'तितो सत्य'मा देखिएपनि उनी अहिले चल्तीका गायक हुन् ।
गायकको गुण उनमा सानोदेखि नै थियो । गाउँमा हुने विभिन्न कार्यक्रम, स्कूलदेखि मेला-महोत्सवमा उनी गीत गाइहाल्थे । उनले गीत गाएको देखेर सुन्नेहरूले भन्थे रे, 'राम्रो गीत गायौं । पछि गायक बन्नुपर्छ ।'
उनी सात कक्षामा पढ्दा नवलपरासी आइडलमा सेकेन्ड पनि भए । गाउँघरतिर मात्रै गाएर लक्ष्य हासिल नहुने सोचे उनले । आफ्नो गायनमार्फत राम्रो प्रतिक्रया र सुझाव बटुलिरहेका काफ्लेले एसएलसीपछि नवलपरासीमै केही महिना संगीत पनि सिके । तर धित मरेन । भन्छन्, 'नवलपरासीमै हुँदा त्यहाँकै एक संगीत विद्यालयमा जोडिएको थिएँ । तर सोचेजस्तो सिकाइ रहेन र म संगीतमै केही गर्न काठमाडौं आएँ ।'
परिवारका सदस्यहरू कोही पनि संगीत क्षेत्रमा नभएपनि उनमा यसको मोह जागेको रहेछ । परिवारको आइडियाभन्दा बाहिर आकर्षित भएको भएर खासै साथ भने नरहेको उनी बताउँछन् । तर पनि उनी आफ्नै रहर पूरा गर्न लागिरहे ।
संगीत सिक्नकै लागि काफ्लेले एसएलसी अगावै पनि काठमाडौं बसेर पढ्न कोशिश गरेका थिए । त्यही मेसोमा उनी 'तितो सत्य' पुगेका थिए ।
त्यसपछि हो उनको दीपकराज गिरी र दीपाश्री निरौलासँग चिनजान भएको ।
जागिरे रहर
एकताका उनलाई सरकारी जागिर खाने रहर पनि जाग्यो । काठमाडौंमा म्युजिक, म्युजिक भनेर बस्न सकिने अवस्था नभएको उनको निष्कर्ष थियो । अनि उनको आँखा पर्यो- आर्मी तथा सशस्त्र प्रहरीमा सेवामा ।
भन्छन्, 'म ८ पटकसम्म आर्मी र सशस्त्रमा फालिएको छु । नवौं पटकमा तालिममा पुगेको मान्छे द्वन्द्वकाल भएका कारण डरले गइनँ । भर्खरै भर्ती भएकाहरूलाई लडाइँमा पठाउँछ रे भन्थे । रिक्स हुन्छ भन्ने लागेर तालिममा गइनँ ।'
हुर्केबढेपछि आफूलाई चाहिएको खर्चका लागि पनि केही न केही त गर्नैपर्छ भन्ने उनलाई लाग्यो । उनले काठमाडौंमै टिक्नका लागि केसम्म गरेनन् । मार्केटिङदेखि साइकलमा सामान अर्डर लिएर पसल-पसलमा पुर्याउँदै हिँडे पनि । भन्छन्, 'जिरो लेभलबाट संघर्ष गरेको अनुभव छ मसँग ।'
साइकलमा सामान पुर्याउँदै गर्दा पनि उनमा संगीतप्रतिको भोक कायमै थियो । त्यसबेला पनि उनले श्रुति संवेगमा संगीत सिकिरहेका थिए ।
***
काफ्ले नवलपरासीमा हुँदा नै गीत कोर्थे अनि त्यसलाई आफैं भाका बनाउँथे, गुनगुनाउँथे । र कसैले गाऊ भन्दा मख्ख परेर सुनाइहाल्थे । उनलाई आफ्नो गीत दुईचार जनाले सुनिदिए पनि मज्जा लाग्थ्यो ।
काफ्लेले अहिलेसम्म २ सयभन्दा बढी गीत गाइसकेका छन् । उनी गीत गाउने मात्रै होइन, कम्पोज गर्छन् र लेख्छन् पनि ।
यसैबीच ०६५ सालमा काफ्लेको शब्द तथा संगीतमा गायक मनोज राजले 'चोट दिने माया तिमी' गीत गाए । यही गीतमार्फत काफ्लेले नेपाली संगीतमा औपचारिक रूपमा पाइला टेके । सोही वर्ष उनले आफ्नो स्वरमा पहिलो गीत 'आँसुमा डुबाउन्न भन्थ्यौ' गाए जसमा दीपक भट्टको शब्द थियो ।
उनले सानोमा देखेको सपना पूरा भयो अर्थात् गायक बने । पहिलो गीत रेकर्डिङ अनुभव उनी यसरी सुनाउँछन्, ' गाउने सपना लिएर काठमाडौं छिरेको मान्छे, कहिले स्टूडियो छिरौं र गीत गाउँ भन्ने भाकोथ्यो । भित्र छिर्नेबित्तिकै मभित्र भएको जोश देखाउँछु भन्ने थियो । त्यो जोशले काम गरेको मलाई लाग्छ ।'
उनले थपे, 'शुरूमा धेरै इन्टिच्यूटहरूमा संगीत सिकेँ । संगीतको आधारभूत कुराहरू श्रुतिसंवेगमा सिकेँ । अहिलेसम्म चण्डीप्रसाद काफ्ले गुरूसँग सिकिरहेको छु ।'
त्यसपछि उनलाई गीतको खाँचो भएन । निरन्तर गाइरहे । तर फिल्मी गीत भने २०६७ सालमा गाए ।
'दबाब' चलचित्रमा उनले गाएको गीत थियो- 'पावरफूल वैंशको झट्काले' । त्यो गीतलाई मानिसहरूले रुचाएको पनि उनको भनाइ छ । त्यसअघि पनि उनले केही फिल्मी गीत गाएका थिए तर कुनै फिल्म रिलिज नभई यस्सै गायब भए रे !
देख न चम्पा …
नेपाली फिल्ममा यतिबेला दीपक-दीपा जमिरहेका छन् । उनीहरूले बनाएका प्राय: सबै फिल्म सुपरहिट भएका छन् । काफ्ले पनि दीपक-दीपासँग सानै भूमिकामा भएपनि पहिल्यै काम गरेका थिए- तितो सत्यमा ।
पछि काफ्लेले उनीहरूकै ब्यानरमा बनेको फिल्म 'छक्का पञ्जा'का लागि एउटा गीतमा काम गरे- देख न चम्पा ।
यो गीतको पनि एउटा छुट्टै कहानी रहेछ ।
दीपक-दीपाको टीमले फेरि अर्को फिल्म बनाउने कुरा काफ्लेको कानमा पर्यो । उनीहरूले फिल्मका लागि गीत खोज्दै हिँडेको पनि उनले सुने ।
उनले चिनजानकै कारण दीपक-दीपालाई भने- 'हामीसँग एउटा फरक खाले गीत छ, सुन्न आउनू ।
उनी भन्छन्, 'हाम्रो गीत सुन्न दीपकराज गिरी, दीपाश्री निरौला र विकासराज आचार्य आउनुभयो । हामीले यो गीत सुनाएपछि उहाँहरू त्यहीँ उफ्रन थाल्नुभयो । मतलब एकदमै खुशी हुनुभयो ।'
फिल्मको कथाले मागेजस्तै गीत थियो त्यो । फिल्ममा सुदूरपश्चिमको परिवेश र लबज भएका कारण गीतमा हम्रातम्रा भएका कारण उहाँहरूले गीत मन पराएको काफ्ले बताउँछन् ।
तर त्यो गीत छक्कापञ्जाका लागि लेखिएको भने थिएन रे । काफ्ले भन्छन्, 'हामीसँग 'देख न चम्पा' गीत पहिल्यै थियो । फिल्मका लागि भनेर बनाएको होइन । हम्रा तम्रा नै राखेर बनाएका थियौं ।'
फिल्मको सुपरहिट गीत 'देख न चम्पा'लाई पहिल्यै तीन–चारवटा फिल्मले रिजेक्ट गरेका रहेछन् । अलि फरक शैलीको गीत भएका कारण धेरैजसोले गीत रिजेक्ट गरेको उनी बताउँछन् ।
काफ्लेका 'देख न चम्पा'का अलवा 'पर्खपर्ख मायालु', 'तिम्रो पिक्चर हिट'लगायतका गीत चर्चित छन् ।
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...