सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

भदौ २४, २०७६

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले धादिङ्गको धार्के गाउँपालिका, वडा नम्बर ५ मा सञ्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ । आइतवार उक्त संस्थालाई ५० हजार रुपैयाँ बराबरको चेक बैंकको तर्फबाट महाप्रबन्धक अपुर्व प्रसाद जोशीले प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गा दत्त घिमिरेलाई हस्तान्तरण गरे ।

फाउण्डेशनले जन भोजन क्रार्यक्रमअन्त्र्तगत बालबालिका तथा अशक्त वृद्धवृद्धागरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्‍याउँदै आईरहेको छ ।


ADVERTISEMENT

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस