मोदीले गरे ओलीको स्वास्थ्यलाभ र सक्रियताको कामना

भदौ २४, २०७६

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बनेको अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटनका क्रममा मोदीले स्वास्थ्य लाभको कामना गरेका हुन् ।


ADVERTISEMENT

ओली र मोदीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत् पाइपलाइनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली काठमाडौंको सिंहदरबारबाट र मोदी नयाँदिल्लीको हैदरावाद हाउसबाट भिडियोमा जोडिएका थिए ।

मोदीले ओलीको स्वास्थ्य र सक्रियताको कामना समेत गरेका छन् । मोदीले पाइपलाइनपछि सम्बोधनका क्रममा आफूलाई चाँडै भगवान् पशुपतिनाथको दर्शन गर्न काठमाडौं आउने इच्छा रहेको समेत बताएका छन् ।

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस