धादिङमा आत्महत्याका घटना बढ्दै

भदौ २४, २०७६

धादिङ– जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले  विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ ।
 
जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले आज नीलकण्ठ क्याम्पसबाट सोे अभियान प्रारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले जीवनदेखि निरास भएर आत्महत्या गर्ने भएकाले भावी जीवनलाई सुखी बनाउने खालाका गतिविधि गर्नुपर्नेमा जोड दिए।

जिल्लामा विगत चार वर्षको तथ्याङ्कमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा ६३,  २०७३/७४ मा ७५, २०७४/७५ मा ९२ र २०७५/७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।


ADVERTISEMENT

प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा आत्महत्या गरेका ३२४ मध्ये पुरुष १८५ र महिला १३९ थिए । तीमध्ये  विवाहपछि आत्महत्या गर्ने ३०६ र  अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए । झुण्डिएर २१९, विष सेवन गरेर १०३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको उक्त कार्यालयले जानकारी दिएको थियो । आत्महत्या दुरुत्साहनमा जिल्लामा चार मुद्दा विचाराधीन अवस्थामा छ ।  

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस