सांसदको प्रश्न– खच्चड धपाउने र भरियालाई प्यान कार्ड किन ?

भदौ २४, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले व्यक्तिगत लेखा नम्बर (प्यान) अनिवार्य गर्दा अनौपचारिक क्षेत्रका मजदुरलाई अप्ठेरो परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा संसदको लेखा समितिका सभापति समेत रहेका शाहले न्युन आय हुने मजदुर वर्गले वर्षको अन्तिममा करचुक्ता नगरे उल्टै जरिवाना हुने व्यबस्था गलत भएको बताएका हुन् । 


ADVERTISEMENT

‘सरकारले प्यान क्याड अनिवार्य गरेको छ । टुरिष्टको भारी बोक्ने र खच्चड खेद्नेले पनि प्यानकार्ड लिनु पर्ने ? कही नभएको व्यबस्था किन हुन्छ ? यसमा सरकारको ध्यानाकर्षण होस’ सांसद शाहले भने ।

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस