×

NMB BANK
NIC ASIA

बोरिस जोनसनले गरे संसद् निलम्बन, अब के हुन्छ ?

भदौ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले मंगलवारबाट शुरू भएर अक्टोबर १४ सम्मका लागि संसद् निलम्बन गरेपछि उनका प्रतिस्पर्धीहरू रिसाएका छन् । उनले संसदीय निगरानीविना सम्झौताविहीन ब्रेक्जिट गराउन खोजेर खराब व्यवहार देखाएको आरोप विपक्षीहरूले लगाएका छन् । 

Muktinath Bank

संसद् निलम्बनको घोषणा गर्दै कन्जर्भेटिभ पार्टीका जोनसनले सम्झौताविहीन ब्रेक्जिट रोक्नका लागि सांसदहरूले प्रयास गर्न सक्ने भन्दै संसदविरुद्ध कू गरेको दाबीलाई खारेज गरे । सांसदहरूको समर्थनका लागि एक महत्त्वाकांक्षी कार्यक्रम अगाडि ल्याउनका लागि यो निलम्बन आवश्यक रहेको उनको अडान थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमनिर्वाचनमा विजय हासिल गरेर नयाँ सरकार बनेपछि संसद् निलम्बन गर्ने सामान्य अभ्यास भए पनि आलोचकहरूले अहिलेको निलम्बन चाहिँ ब्रेक्जिट प्रक्रियाको निगरानी गर्नबाट सांसदहरूलाई रोक्न गरिएको आरोप लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले जोनसनको निर्णयको आलोचना गरे । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘यो निन्दनीय छ । अहिले संसद् बस्नुपर्ने हो र संसद्ले सरकारलाई जवाफदेही बनाउनुपर्ने हो ।’

स्कटिश नेसनल पार्टीका वेस्टमिन्स्टर नेता इयन ब्ल्याकफोर्डले जोनसनबाट अलोकतान्त्रिक व्यवहार भएको आरोप लगाए । आफूसँग संसद्को समर्थन छैन भन्ने थाहा पाएरै जोनसनले संसद् निलम्बन गरेको उनको भनाइ छ । 

संसद् निलम्बन गर्ने जोनसनको निर्णय उल्ट्याइपाऊँ भनी दिइएको निवेदन एडिनबरा अदालत र लन्डन स्थित उच्च अदालतले खारेज गरिदिएको थियो । 

छिट्टै आमनिर्वाचन गराउनका लागि जोनसनले संसदमा मतदान गराउँदा बहुमत सांसदले त्यसलाई खारेज गरिदिएका थिए । बेलायत सरकारले अक्टोबर ३१ पछि पनि ब्रेक्जिट सम्झौता कायम गराएमा मात्र आमनिर्वाचनको बाटो खोल्ने विपक्षी दलहरू सहितका सांसदको मत छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x